arrow

सुदूरपश्चिममा संक्रमण र मृत्यु दर उच्च

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २९ बुधबार
sudurpashchim-corona-1619919718.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्लो हप्तामा कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर अहिलेसम्मकै उच्च देखिएको छ ।  

पछिल्लो हप्तामा आठ हजार ६२१ जनाको नमूना परीक्षण गरिएकामा चार हजार ३३१ संक्रमित थपिएका छन् ।
 
स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङ्कानुसार एक हप्ताअघिसम्म  रोगबाट मृत्यु हुने १४५जना रहेकामा यस हप्तामा  बढेर २५६ पुगेका छन् । मृत्यु हुनेमा सबैभन्दा वढी २० देखि ३० वर्ष उमेर समूहका व्यक्ति छन् ।

सबैभन्दा बढी मङ्गलबार एकै दिन कैलाली, कञ्चनपुर, बझाङ, अछाम, बैतडी र डडेल्धुराका, ३१ जनाको मृत्यु भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ