arrow

कमल शाहले विश्वासको मत लिन बोलाइयो प्रदेश सभा बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २५ शुक्रबार
kamal-bahadur-shah-sururpachhim-parliament.jpg
तस्बिर – फाइल ।

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरेको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले साउन २७ गते दिउँसो २ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरेका हुन् ।

यसअघि सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले गत बुधबार रातिदेखि विशेष अधिवेशनको अन्त्य गरेका थिए  । तर विशेष अधिवेशन अन्त्य गरेपछि सरकारले कर संकलन सम्बन्धी अध्यादेश जारी गरेको थियो ।

शुक्रबार पुनः सरकारले सिफारिस गरेपछि अधिवेशन आह्वान गरिएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ । गत आइतबार मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका थिए । उनले विश्वासको मत लिन बाँकी रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ