arrow

कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
kamal-bahadur-shah-sudurpashchim-province.jpg
फाइल तस्बिर

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरिबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको सिकार बन्दै गएको बताएका छन् । 

‘वल्र्ड भिजन इन्टरनेश्नल नेपाल’द्वारा धनगढीमा आयोजित ‘ईनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए । 

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणको समस्या विकराल बन्दै गएकाले त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । 

उनले सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खानेकुराको बारेमा सचेत गराउन जरुरी रहेको उल्लेख गर्दै दूरदराजका जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुराबारे सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । 

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षाबारे सचेतना फैलाउन सरोकारवाला निकाय सबैको भूमिका महत्वपूर्ण रहेको बताए । 

सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्काले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन सरकार प्रतिबद्ध भएर लाग्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ