बझाङ । बझाङ जिल्लाका विभिन्न क्षेत्रमा केन्द्र बिन्दु भएर २१ वटा भूकम्पका धक्का महसुस भएको छ । वुधबार दिउँसो २ बजे देखि सुरु भएको भूकम्पकाका धक्का नरोकिएपछि स्थानीय त्रासमा छन् । यद्यपि, भूकम्प मापन केन्द्रले धेरै ठूलो भूकम्मको सम्भावना नभएपनि सुरक्षित भएर बस्न सुझाएको छ ।
वुधबार दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केल, ३ बजेर १२ मिनेटमा ४.२ रेक्टर स्केल, ३ बजेर २८ मिनेटमा ३.८ रेक्टर स्केलको ३ बजेर २९ मिनेटमा ३.६ रेक्टर स्केलको भूकम्प गएको बताइएको छ । साँझ सम्म १६ वटा झट्का आउँदा विहीबार बिहान ५ वटा पराकम्पन आएका भूकम्प मापन केन्द सर्खेतका प्रविधिक सहायक तिर्थ दाहालले बताए ।
भूकम्पबाट घर तथा विद्यालय भवनहरु चर्केका भए पनि खासै ठूलो क्षती भएको छैन । प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले भूकम्पबाट क्षति नभएको बताउँदै यसका लागि सुरक्षाकर्मीहरुलाई तयार राखेको बताए । उहाँले जिल्लाका दुर्गम गाँउहरुमा भौतीक संरचना एकदमै कमजोर भएकाले क्षती हुन सक्ने प्रबल सम्भावना रहेको बताए ।