arrow

वीरमा कोभिड नर्स छनोटमा भागबण्डा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
NAMS-bir-hospital.jpg

 काठमाडौं । देशभर कोरोना भाइरसको संक्रमणले आक्रान्त भइरहेका बेला वीर अस्पतालका पदाधिकारीहरु सेटिङमा आफ्ना मान्छेलाई नयाँ कर्मचारीका रुपमा भर्ना गर्न थालेको पाइएको छ । अस्पतालकै एक कर्मचारीले उच्च तहका हाकिमहरुले आर्थिक चलखेल र सेटिङका आधारमा नयाँ कर्मचारी भर्ती गरिरहेको  जानकारी दिए ।

वीर अस्पताल आकस्मिक विभागका लागि आठ जना नर्स र १४ जना डाक्टर माग भएकोमा हालसम्म करिब दुईसय जना नर्सले आवेदन दिएका छन् । त्यस्तै २३ जना डाक्टरको निवेदन परेको छ । त्यस्तै नयाँ सर्जिकल भवनमा दुई सय बेडको ‘कोभिड शैय्या’ संंचालन गर्ने भन्दै बैशाख २२ गतेका दिन एक सय जना नर्स र तीन जना वरिष्ठ डाक्टरको माग भएको थियो ।

प्राप्त जानकारीअनुसार बैशाख २४ गतेसम्म १८ सय नर्सले निवेदन दिएका थिए । हाल सर्जिकल भवन तत्काल सन्चालन गर्नुपर्ने भएकाले १८ सय जनाको परीक्षा लिएर कर्मचारी भर्ना गर्ने असम्भव हुने भन्दै सर्ट लिस्टिङ गरी कर्मचारी राख्ने तयारी भएको हो ।

तर सर्ट लिस्टिङमा पनि आफू निकटलाई पार्ने दाउमा रेक्टर र निर्देशकले समितिमा आफू निकटलाई जिम्मा दिई आफ्नो ५५ जना, रेक्टरका १५ जना, निर्देशकले १९ जना, भिसीको ५ जना र मन्त्रालयको भन्दै २१ जनाको नाम अस्पताल प्रशासनमा बुझाएको स्रोतले जनाएको छ ।

प्रशासनमा कार्यरत नाम नबताउने सर्तमा एक कर्मचारी भन्छन्,  ‘यस्तो महामारीमा ज्यान जोखिममा राखेर काम गर्छु भन्ने नर्सलाई पनि रकममा लेनदेन हुनु , योग्य र सक्षम कर्मचारी नआउनु अस्पतालको लागि दुर्भाग्य हो ।’

एक डाक्टरले नयाँ जागिर खुवाउन एक नर्स र निजका आफन्तसँग त्रिपुरेश्वरमा रहेको ब्लूक्रस अस्पतालमा बोलाएर पैसा लिने गरेको ग्यास्टो विभागका एक वरिष्ठ चिकित्सक बताउँछन् । सर्ट लिष्टमा बसेका एक रेडियोलोजिष्टले छनोटमा हालीमुहाली गरेको कर्मचारीहरु बताउँछन् ।

आफूहरुले पैसा उठाएको थाहा पाएर कर्मचारीले विरोध गर्न थालेपछि र कर्मचारीले स्वास्थ्य मन्त्रालय, अक्तियार र प्रधानमन्त्री कार्यालयमा उजुरीको तयारी गरेपछि ती रेडियोलोजिष्टले विरोध गर्नेहरुविरुद्ध एक्सन लिन शुरु गरेको बताइन्छ । 

विरोध गर्ने कर्मचारीलाई सरुवा गरिदिने, कारवाही गर्छु भन्दै धम्क्याउने गरेको गुनासो कर्मचारी वृत्तमा छ । यसअघि वीरमा महालेखाको प्रतिवेदन २०७५–०७६ सर्तकता केन्द्रको २०७५–७६ को वार्षिक प्रतिवेदन र सर्तकताको छानबिन टोलीले अनियमितता भएको निष्कर्ष निकालिसकेको छ ।

मेसिन किन्न आलटाल
अस्पतालमा कोभिड टिम अन्यन्तै क्रियाशील छ । फिभर क्लिनिक, पीसीआर, जेनेटिक, प्याथोलोजी र फोकल पर्सन इमरजेन्सीमा काम गरिरहेको छ ।  तर अस्पतालमा अक्सिजन अभाव भएको साथै इमरजेन्सी, आइसीयू र कोभिड वार्डमा अक्सिजन नभएर बिरामीहरुमा दिनदिनै ज्यान गुमाइरहेको अवस्था छ । 

तर कमिसन मोहले अक्सिजन मेसिन खरिद गरिएको छैन् । नयाँ भवनमा कोसँग कतिमा अक्सिजन प्लान्ट, आइसीयू बेड, भेन्टिलेटर, मनिटर किन्ने भनेर खरिद प्रमुख, निर्देशक र रेक्टरबीच कमिशनको कुरा नमिल्दा टेन्डर नै आह्वान नभएको अस्पतालका कर्मचारी बताउँछन् ।

जोखिम मोलेर काम गर्ने कर्मचारीलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री अभाव पनि खड्किएको छ । समयमा तलब भत्ता, स्वास्थ्य बिमा, कोभिड भत्ता, शिक्षक र रेजिडेन्टलाई शैक्षिक भत्ता उपलब्ध गराइएको छैन । 

तर अत्यावश्यक मेसिन खरिद गर्न लेनदेनमै कुरा नमिलेको बताइन्छ । नयाँ बनेको ५२० शैय्याको भवन सञ्चानलमा देखावटीमात्र प्रयास भइरहेको छ । 

उक्त भवन संचालन गर्न नसकेपछि मन्त्रालयले हस्तक्षेप नै गर्नुपरेको स्रोतले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ