arrow

वीर अस्पतालमा पस्यो सतर्कता केन्द्र 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
bir-hospital-final-2080.jpg

काठमाडौँ । व्यापक अनियमितता र भ्रष्टाचारले अस्तव्यस्त भएपछि राष्ट्रिय सतर्कता केन्द्र वीर अस्पतालमा प्रवेश गरेको छ । सेवाग्राही र कर्मचारीले अस्पताल सुधार, सेवाको सहजता र भ्रष्टाचार रोक्न छानबिन तथा कारबाहीको माग गर्दै प्रधानमन्त्री कार्यालय, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा  तथा स्वास्थ समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, सर्तकता केन्द्र, सम्पत्ति शुद्धीकरण  लगायतमा उजुरी दिएका थिए । 

सो अनियमितताको उजुरीमाथि सर्तकता केन्द्रले छानबिन शुरु गरेको केन्द्र स्रोतले बतायो । केन्द्रले पटक-पटक अनियमितता तथा गुनासो बारेमा अस्पतालसँग जवाफ  माग गरे पनि अस्पतालले जवाफ नदिएपछि केन्द्रले छानबिन समिति नै गठन गरेर छानबिन शुरु गरेको केन्द्र स्रोतले जानकारी दियो । 

गत साउन १८ गते उपकुलपतिलाई पत्र लेखेर सतर्कताका प्रहरी नायब उपरीक्षक बुद्दिराम खनालले १५ बुँदामा जवाफ खोजेका छन् । पत्रमा प्रतिक्रियासहितका प्रमाणित कागज पठाउन पनि भनिएको छ ।

यस बारेमा अख्तियारले समेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) सँग जवाफ माग गरेको न्याम्स स्रोत बताउँछ । कर्मचारी समायोजन हुँदा संघमा बस्न फर्जी मेडिकल बोर्ड (हुँदै नभएको बिरामी) सिफारिस बनाएर (गम्भीर ढाड र घुँडाको रोग लागेको सिफारिस बनाएको), बिना दरबन्दी वीर अस्पतालमा टिकाराम पनेरु र युवराज  सुवेदी कार्यरत रहेकोसमेत अस्पताल स्रोत बताएँछ । 

अस्पतालमा अनियमित कर्मचारी भर्ना, मेडिकल स्टोरका टीकाराम पनेरु र युवराज सुवेदीले टेन्डरमै स्पेसिफिकेशननै व्यापारीलाई हुने गरी तयार गरी आफू निकट व्यापारीलाई महँगोमा टेन्टर दिएर  कमिसन लिने, अनुदानमा आएको समान बिल बनाएर अस्पतालबाट भुक्तानी गरी रकम खाने, आफू निकट व्यापारीसँग सामान कोटेशनमा खरिद गर्ने, अस्पताल फार्मेसीले टेन्डर गरेर सप्लाई गर्नु पर्ने सामान मेडिकल स्टोरले नियम विपरीत आफैँ सिधै खरिद गर्ने लगायतका थुप्रै आरोप छन् । 

कमिसन नपाएका कारण एमआरआई पूर्ण संचालन नगरेको, आईसीयू उपकरणमा कमिसनको कुरा नमिल्दा र निजी अस्पताल  संचालकसँग कमिसन लिन आईसीयू पूर्णरुपले संचालन नगरेको, स्वास्थ्य मन्त्रालयले फाजिल र पुल दरबन्दी भएकालाइ स्ट‍ोरको जिम्मेवारी नदिनु भने पनि मेडिकल माफियाको योजनामा विगत ४ वर्षदेखि स्ट‍ोर कब्जा गरिरहेको, अस्पताल फार्मेसीमा सबै मेडिसिन नभएक‍ो, अस्पताल निर्देशक सन्तोश पौडेलको शैक्षिक योग्यतामाथि प्रतिष्ठान पदाधिकारीबाटै प्रश्न उठाएको, निर्देशक पौडेलले कर्मचारी ऐन, नियम विपरीत दुई दुईवटा अल्का फार्मेसी  र सुमेरु सिटि फार्मेसी सन्चालन गरेको लगायतका थुप्रै उजुरी परेको पनि बताइएको छ । 

यस बारेमा स्वास्थ्य मन्त्रालयलेसमेत आन्तरिक छानबिन गरिरहेको मन्त्रालय स्रोतले बताएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ