arrow

राजकुमार सिद्धार्थको वैराग्य 

भाग दुई

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ वैशाख ३० बिहिबार
buddhas-house.jpg

एक दिनको कुरा हो, सिद्धार्थ यशोधरा राहुललाई लिएर घुम्न निस्केका थिए । रथ अकस्मात् वाणगंगा नदीको किनारमा गएर रोकियो । सिद्धार्थले एक जवान, लगभग २० वर्षको, पुरुष देखे । उ छटपटाइरहेको थियो । उनी त्यस व्यक्तिको हात पाउ सुमसुम्याउन थाले र राजवैद्य कहाँ लगेर उपचार गराउने भनेर सारथीलाई भने । तर सारथिले यो निको हुने बिमारी होइन । यसको उपाय छैन, यो सर्ने खालको रोग हो त्यसैले यसलाई लैजानु उचित हुँदैन भन्ने सल्लाह दिए । 

यत्तिकैमा त्यो जवान केटोको श्वास क्रमशः बन्द हुँदै गयो । उनले नदीको पारिबाट मानिसहरू रोएको चित्कार सुने । आगो बलेको दृश्य देखे । त्यस्ता दारुण दृश्य देखेर कसैलाई पनि घुम्न जाने मन भएन । सबै दरबार तर्फ नै फर्के । 

उनको मनमा विरक्ति भावना उठी रहनु स्वाभाविकै थियो । शायद यो पनि हुन सक्छ, उनको मनमा वैराग्यको हुर्कँदै गएको बिरुवा । त्यस राति यशोधराले सपनामा कपिलवस्तु राज्यको सीमाभित्र सेतो गाई यताउति गरेको र गाई सीमाबाट फुत्कन खोजेको दृश्य र गाई बाहिर गएपछि नफर्कने आकाशवाणी सुनिन् । त्यसै गरी उनले स्वर्गबाट देवताहरूले कपिलवस्तुमा पुष्पवृष्टि गरेको र अव समय आई पुगेको छ, आइपुगेको छ भन्ने आवाज सहितको सपना देखिन् ।

उनले सिद्धार्थलाई उठाइन् । सिद्धार्थ ब्युँझिए र देखेको सपनाको वृत्तान्त सुनाउन आग्रह गरे । उनले सिद्धार्थलाई के त तपाईँले अपनाउन लाग्नुभएको सद्धर्मको बाटोमा लाग्दा मलाई कुनै अप्ठेरो नपरोस् भनेर यस्तो दृश्य देखाइदिनुभएको हो त भनेर प्रश्न गरिन् । उनको यस्तो जिज्ञासा शान्त पार्दै सिद्धार्थ भन्न थाले, 'यशोधरा तिमी समझदार छौ । तिमीलाई छोडेर गए पनि तिम्रो माया रही नै रहन्छ, शरीर टाढा भए पनि प्रेम मर्दैन । सद्धर्मको बाटो पत्ता लगाएपछि तिमीहरूलाई भेट गर्न आउँछु ' भन्दै प्रेमपूर्ण वार्तालाप गरे जसको प्रभावले यशोधराको मन पग्ल्यो ।
 
यी सब दृश्य, परिदृश्य पश्चात्को बिहानै सिद्धार्थ पिता भेट गर्न गए र आफ्नो मनको बह बताए । उनले छोराको सबै कुरा सुने । उनको मन भने छोरालाई व्यवहारमा, राजकाजमा, जनताको उन्नति हुने काममा लगाउने थियो । त्यसैले छोराको आवश्यकता भएको कुरा बताए । उनले आफ्ना पिता पुर्खाहरूमध्ये कोही सन्न्यासी भएको तर लगभग ५० वर्ष नकटाई कन कसैले पनि संन्यास नलिएको कुरा बताए । तर यी सब विषयबाट विरक्त सिद्धार्थ आफ्नो निश्चयबाट डगेनन् ।

सिद्धार्थले राजा शुद्धोदनलाई भन्दै गए, पिताजी, तपाईँले त आफ्नो उन्नति आफैँले गर्न सक्नुभएको छैन । म यस्ता कुराहरूबाट डराएर भाग्न लागेको होइन, म सद्धर्मको बाटो पहिल्याउन जान लागेको हो । मैले यो बाटो पहिल्याएपछि म फेरी फर्केर आउँछु आदि भन्दै गए, तर शुद्धोदन केही प्रतिक्रिया नदिई आफ्नो कक्ष तिर प्रस्थान गरे । 

पूर्ण चन्द्रको उदय भइसकेको थियो, दरबारको उद्यानमा नाच गान आदि चलिरहेको थियो । सबैले आ आफ्नो कला प्रदर्शन गरिरहेका थिए । यशोधराले सिद्धार्थको मनको भाव नबुझ्ने कुरै भएन । उनले सारथिलाई सिद्धार्थ र ऊ आफैँका लागि घोडा तयार गर्नु भनेर आदेश दिइन् र कोठामा उनले आफ्नो पतिका लागि वस्त्र तयार गरेर राखिदिइन् र केही समय सिद्धार्थको बाटो हेरिन् अनि सुतिन् ।
सिद्धार्थ बाहिर बसेर चन्द्रमाको छटामा रमाईरहेका थिए । 

यस प्रसङ्गमा २०१६ को एस.एल.सी. को पाठ्यक्रममा नेपाली पद्य सङ्ग्रहमा पढेको महाभिनिष्क्रमण कविताको दुई हरफ याद आयो । जसमा कविले 
कोही नन्द र सुन्दरीहरू उता आनन्द भोग्दै थिए,
एउटा भावुक राजपुत्र त उता अर्कै कुरा गुन्दथे ।।
भनेर सबै चित्रण गरेका थिए । उनी केही समय पछि भित्र पसे र आफ्नो लुगा बदले , छोराको, पत्नीको मुखमा हेरिरहे र पर्दा लगाएर बाहिर निस्के । कंतक नाम गरेको घोडा तयारी थियो ।

 घोडाको गलाको रौँ सुमसुमाउंदै आफ्नो बह पोखे । उनले आजको रातको ठुलो महत्त्व हुने कुरा प्रवाहित गरे र दरबारको क्षेत्रबाट बाहिर निस्के र अलि समयपछि कपिलवस्तु तिर हेरे । आफूले साथीभाइहरू सँग खेलेको, दुःख पिर आदिको अनुभव गरेको कुरा स्मरण गर्दै सद्धर्म पत्ता लगाउन नसके कहिल्यै पनि फर्केर नआउने सङ्कल्प गरे आफ्नो यात्रा अगाडि बढाए । 

यो पनि पढ्नुस् : 
सिद्धार्थको वैराग्य भाग एक

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ