arrow

कपिराईट विवादका कारण 'कृति' पछि 'बब'लाई पनि युट्युबले हटायो

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
Bob_Kriti.jpg.jpeg
काठमाडौं। अनिल न्यौपाने निर्देशित चलचित्र 'बब'लाई पनि युट्युबले हटाएको छ। कपीराईटको विवादका कारण युट्युबे 'बब'लाई हटाएको जनाएको छ। 
 
भारतिय चलचित्र निर्माता-निर्देशख शिरष कुन्दरले 'बब'को कथा चोरेर 'कृती' भन्ने चलचित्र बनाएका थिए। 'कृति'लाई युट्युबले २ दिन अघि नै युट्युबबाट हटाएको थियो। 
 
अनिलको उजुरीका आधारमा 'कृति'लाई युट्युबले हटाएको थियो भने 'बब'लाई अभतानन्द सिंहले दिएको उजुरीका आधारमा हटाईएको छ। 
 
दुवै चलचित्र मानसिक रोगका बारेमा रहेको छ र कथा शुरु हुने बेलामा दृश्यहरु पनि मिलेका छन्। कथा बिस्तारै बढ्दै जाँदा कथाको कन्सेप्ट मिलेको छ। 
 
युट्युबमा रिलिज गरिएको दुवै चलचित्रमा अनिलको 'बब' पहिले रिलिज भएको हो। कुन्दर बलिउडकी चर्चीत कोरियोग्राफर फराह खानका श्रीमान हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ