arrow

एनआरएन युएईले बाँड्यो मजदुर क्याम्पमा रमदान ईफ्तार

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
UAE.jpg.jpeg
अबुधाबी ,युएई।  गैह्रआवसिय नेपाली संघ (एनआरएन) युएईले अबुधाबी को रिम आइस लेन्ड को जिलैंड मजदुर क्याम्पमा रहेका ताज्बीर कम्पनी का  मुस्लिम धर्मावलम्बी कामदारहरुलाई ईफ्तार वितरण गरेर रमदान पर्वको शुभकामना दिएको छ ।
 
गैह्र आवसिय नेपाली संघ युएई र  अबुधाबी क्षेत्रीय समिती को टोलि शुक्रवार अबुधाबी को रिम आइस लेन्ड को ताज्बीर  कम्पनीको लेबर क्याम्प पुगेर त्यहाँ रहेका २ सय  ५ जाना मुस्लिम कामदारलाई रमदानको शुभकामना दिंदै ईफ्तार वितरण गरेको हो ।
 
एनआरएनको टोलिले मजदुर क्याम्प पुगेर त्यहाँ रहेका भारतिय , पाकिस्तानी , बंगाली र नेपाली मुस्लिम धर्मावलम्बी कामदारहरुलाई बृयानी , पानी , फलफुल  लगायतका खाद्यन्न तथा टोपी  वितरण गरेको एनआरएनले जनाएको छ ।
 
कार्यक्रममा एनआरएन युएईका उपाध्यक्षद्वय रबि रमण अधिकारि ,महासचिब  दिपक खड्का , कोषाध्यक्ष सुर्य  बस्नेत ,केन्द्रीय सदस्य -ऋषि बस्याल , भोजराज फुयाल ,निर्मल पोख्रेल र अबुधाबी क्षेत्रीय अध्यक्ष-तोरण सुबेदी ,केशब खड्का  लगायतको उपस्थिति रहेको थियो ।
 
कार्यक्रममा सहभागी मुस्लिम धर्मावलम्बीहरुले प्रदेशमा यसरी आफ्नो धार्मिक पर्व र संस्कारहरुको सम्मान गरेकोमा एनआरएनलाई धन्यवाद व्यक्त गरेका थिए ।यसरी फरक धार्मिक समुदायको धार्मिक पर्वमा कार्यक्रम  आयोजना गर्दा उनिहरुको धार्मिक संस्कारलाई नजिकबाट बुझ्न पाएको र आनन्द महसुस भएको कार्यक्रममा सहभागी एनआरएन युएईका साथीहरुले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ