arrow

मकैमा यो पटक पनि फौजी कीरा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख ३१ शुक्रबार
fauji-kira.PNG

सर्लाही । सर्लाहीका किसानले लगाएको मकै बालीमा यो वर्ष पनि फौजी कीराले क्षति पुर्‍याउन थालेको छ । भर्खरै उम्रिएको र गोड्ने बेला भएको मकै बाली फौजी कीराले नष्ट गर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् ।

जिल्लाको बयलवास, कालिन्जोर, परवानीपुर, बागमती  जियाजोरलगायत उत्तरी भेगका किसानले लगाएको मकै बालीमा फौजी कीराको प्रकोप देखिएको हो । मकै उम्रिनासाथ फौजी कीराले डाठ र पात दुवै खाएर नष्ट गर्न थालेको ईश्वरपुर नगरपालिका–७ कालिन्जोरका किसान गोमा र्गतैलाले जानकारी दिइन् । विगत तीन वर्षदेखि यसरी प्रत्येक बालीमा फौजी कीराले क्षति पुर्‍याइरहेको उनले गुनासो गरिन्। 

यसअघि धान बालीमा पनि फौजी कीराले व्यापक क्षति गरेको थियो । पटक–पटक औषधि प्रयोग गर्दा पनि फौजी कीरा नियन्त्रणमा आउन नसकेको किसानहरूले गुनासो गरेका छन् । लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख एवं कृषि अधिकृत गोकर्ण पौडेलले सुख्खा क्षेत्रमा फौजी कीराको प्रकोप बढी देखिएको बताए ।

उनले भर्खरै उम्रिएका मकैमा कीराको प्रकोप झन् बढी हुने भएकाले कृषि प्राविधिकहरूसँग सरसल्लाह गरी औषधि छिट्नु पर्ने बताएका छन् । पर्याप्त आकाशे वर्षा भएपछि सर्लाहीका अधिकांश किसानले अहिले मकै बाली लगाइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ