arrow

फलफुलका विरुवाहरु किसानहरुलाई निशुल्क वितरण

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
biruew-358x300.jpg.jpeg
तुलसीपुर । जिल्ला भू संरक्षण कार्यालय दाङले यस वर्ष फलफुलका विरुवाहरु किसानहरुलाई निशुल्क वितरण गरेको छ । कार्यालयले असार १४ गते देखि सुरु गरेको विरुवा वितरण कार्यक्रम १६ गते सम्ममा सञ्चालन भएको थियो ।  कार्यालयले हरेक वर्ष किसानहरुलाई विभिन्न जातका फलफुल निशुल्करुपमा वितरण गर्दे आएको छ । यस वर्ष पनि आप, लिचि, अनार ,कागती लगायतका विरुवाहरु निशुल्करुपमा वितरण गरिएको कार्यालयका प्राविधिक सहायक दिनेश भट्टराईले जानकारी दिए  ।
 
कार्यालयले ४ हजार ४ सय ४३ गोटा आम्रपाली जातको आँप, २ हजार १ सय ०१ अन्य आँप ,१ हजार ४ सय २६ लिचिको विरुवा,१हजार ५० गोटा अनार र २ हजार गोटा कागतीको विरुवा वितरण गरिएको कार्यालयका प्राविधिक सहायक भट्टराइले वताए ।
 
उनले विपन्न वर्गको आर्यआर्जन बढाउन र हरियाली प्रबद्र्धनको लागि निशुल्करुपमा वितरण गरिएको वताए । अव केहि दिनमा डालेघास र वास जन्य बस्तु पनि वितरण गरिन लागेको वताए । किसानहरुलाई खेती संगै व्यवसायी बनाउन यसो गरिएको  हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ