arrow

गैर जिम्मेवार बागमती प्रदेश सरकार

डोरमणिको सरकारले बेलैमा ध्यान नदिँदा हेटौँडामा बिरामीले उपचार पाएनन्, अक्सिजनको मच्चियो हाहाकार

logo
रवीन्द्र गौतम,
प्रकाशित २०७८ जेठ १ शनिबार
dormani-hetauda -oxygen-crisis.jpg
तस्बिर : रवीन्द्र गौतम

हेटौँडा। बागमती प्रदेशको राजधानी हेटौँडाको एक मात्र सरकारी जिल्ला अस्पताल 'हेटौँडा अस्पताल' हाल बागमती प्रदेशको सरकारले यसलाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा विकास गर्ने भनी सञ्चालन समिति परिवर्तन गरेको छ।

सङ्घीय सरकारले कुनै अनुमति वा लिखित जिम्मेवारी नदिए पनि प्रतिष्ठानको नाममा यो सञ्चालित छ। तर राजधानीकै ठुलो अस्पतालमा हाल बिरामीले उपचार पाउन छाडेका छन्। कोरोनाको महामारीले सङ्क्रमित बढेपछि हेटौँडा अस्पतालमा अक्सिजन सकिएको छ। यहाँ अक्सिजनको हाहाकार चलेपछि अस्पतालले बिरामीको उपचार गर्न सक्दैनौँ भन्दै सूचना निकालिसकेको छ।

अक्सिजन अभावकै कारण बिरामीले मृत्यु वरण गर्नुपर्ने अवस्था सृजना भैसकेको छ। महामारी अधि अस्पतालमा दैनिक २० देखि ३५ सिलिन्डर अक्सिजन खपत हुने गर्थ्यो तर कोरोनाको महामारी सँगै दैनिक खपतको सङ्ख्या १००, १५० हुँदै २५० नाघेपछि हाराकार मच्चियो। तर यसबारे सरकारले तत्काल अक्सिजनको ग्यारेन्टी गरी उपचारलाई सहज बनाउनुको साटो नयाँ बिरामीलाई भर्ना गर्न सक्दैनौँ भन्दै सूचना निकाल्यो।

हाल हेटौँडा अस्पतालमा स्टेप डाउन वाड, एचडियु र आइसियु गरी लगभग ५० शय्याको कोभिड उपचार कक्ष बनाइएको छ। तर ३ दिनदेखि सबै बेड भरिएका छन् भने २ दिन त सङ्क्रमितले इमर्जेन्सी र भुईँमै बसेर पालो कुर्दै उपचार गराए।

शुक्रवार देखी अक्सिजनको हाहाकार मच्चिन थाल्यो। राजधानीकै अस्पतालमा परदेश सरकारले स्वास्थ्यका सामान्य विषयमा बेलैमा ध्यान नदिँदा अवस्था भयावह बनेको छ। हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन हतारिएको सरकारले अस्पतालको यसअघिको अवस्थालाई थोरै पनि परिवर्तन गर्न सकेको छैन। स्वास्थ्य क्षेत्रमा कुनै पनि सुधारका काम भएका छैनन्। तर उल्टो अस्पतालमा राजनीति हाबी भयो भन्ने चौतर्फी आलोचना बढ्दै गइरहेको अवस्था छ।

डोरमणिको सरकारको बेवास्ताले जनताले उपचार पाएनन्
कोभिडकै महामारी यो पहिलो पटक होइन। यस अघि नै महामारिले ठुलो पाठ सिकाएको थियो। समयमै काम नगर्दा र पछि आउने भवितव्यलाई नजरअन्दाज गर्न खोज्दा आउन सक्ने परिणाम यहाँको प्रदेश सरकारले नदेखेको पनि होइन। तर जनताको स्वास्थ्य सुरक्षा प्रति थोरै पनि गम्भीर नभएकै कारण अवस्था भयावह बनेको छ।

कुरा गरौँ अक्सिजन प्लान्टको। यस अधि करिब ६ महिना पहिले नै यसबारे कुरो निस्किएको थियो। हेटौँडा अस्पताल सुधारका लागि यसअघिको अस्पताल विकास समितिले २९ वटा बुँदामा विभिन्न कार्य गर्नुपर्ने भनी मुख्यमन्त्री कार्यालय र प्रदेशको सामाजिक विकास मन्त्रालयमा पेसा गरिएको थियो।

२९ वटा कार्यका लागि लगभग ७२ करोडको अनुमानित रकमको विषयमा केही अस्पतालको तर्फबाट र केही प्रदेश सरकारको बजेटले अस्पताल सुधारका काम अघि बढाउने भनी लिखित रूपमा प्रपोजल पेस गरिएको थियो।

जसमा अक्सिजन प्लान्ट अति आवश्यक र महत्त्वपूर्ण बुँदामा राखिएको थियो। वैशाख १ गतेदेखि नै नयाँ भवनबाट सञ्चालन हुने र अस्पताल ३०० शय्याको बनाएपछि अक्सिजन प्लान्ट पनि त्यहीँ अनुसारको निर्माण गर्नुपर्ने आवश्यकता भएकाले प्लान्टको लागि प्रस्ताव पेस गरिएको यसअघिका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल बताउँछन्।

तर यस विषयलाई न डोरमणि पौडेलको कार्यालयले सुन्यो न सामाजिक विकास मन्त्रालयले नै कुनै रेस्पोन्स गर्‍यो। यसैको फल स्वरूप अहिले हेटौँडामा बिरामी  अक्सिजन नपाएर छटपटाउन बाध्य बनिरहेका छन्।

जिल्लामा अक्सिजन सकिएको छ, कोरोनाको बिरामी दिनप्रतिदिन बढ्दै जाँदा यहाँका निजी अस्पतालले समेत सङ्क्रमितको उपचार गर्न नसक्ने बताइसकेका छन्। अन्य जिल्लाबाट आउने अक्सिजनसमेत जिल्ला-जिल्लामै रोकिएकाले यहाँ अक्सिजनको हाहाकार मच्चिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ