arrow

टर्कीमा मारिएको ट्युनिशियाली नै आक्रमणकारी भएको आशङ्का

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
3.jpg.jpeg
ट्युनिश । टर्कीको विमानस्थलमा बुधबार भएको आतङ्ककारी आक्रमणमा मारिएका एकजना ट्युनिसियालीलाई टर्कीको उक्त आक्रमणको दोषीका रुपमा आशङ्का गरिएको छ । मारिने ती व्यक्ति पटक पटक टर्की गएको खुलेको छ । उनी गएका केही महिनायता पटक पटकसम्म टर्की पुगेको देखिएको हो । 
 
टर्कीमा भएको उक्त आक्रमणमा इस्लामिक स्टेट्स आइएसले जिम्मेवारी नलिएको भएपनि बारम्बार उक्त अतिवादी संस्थाले नै सो हमला गरेको बताउने गरिएको छ । टर्कीका प्रधानमन्त्री बिनाली इल्दिरिमले सो हमलमा आइएसको हात रहेको भनी हिजोदेखि नै भन्दै आउएका छन् । उनका अनुसार आक्रमणको प्रकृति र यसको हमलाको शक्तिको आँकलन गर्र्दा त्यस्तो देखिएको हो । 
 
ती ट्युनिसियालीको नाम फथी बेयुद रहेको छ । उनी यसअघि बारम्बार टर्की जाने गरेका र उनले आफ्नो छोरा टर्कीमा आइएसमा लागेको भनेर थुनामा परेकोले उसलाई छुटाउनका लागि गएको भनी कारण दिने गरेका थिए । उनको छोरा सिरियामा आइएसमा जानका लागि हिँडेको र टर्कीमा पक्राउ गरी जेलमा राखिएको बताइएको थियो । यस पटक पनि उनले आफ्नो छोराको रिहाईका लागि आवश्यक प्रक्रिया पुर्‍याउनका लागि टर्की गएका जनाएका थिए । 
 
ट्युनिसियाको रक्षामन्त्रालयले पनि उनी यस पटक टर्की गएको कारणमा त्यही रहेको पत्ता लागेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ