arrow

एनआरएनएले ओमानबाट पठाएको अक्सिजन सिलिन्डर काठमाडौंमा, सरकारलाई बुझाउँदै 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २ आइतबार
oxygen.jpg

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा ओमानबाट ५ सय ६० अक्सिजन सिलिन्डर काठमाडौंमा आइपुगेको छ ।  

देशको पछिल्लो स्वास्थ्य सम्बन्धी संकटलाई मध्यनजर गर्दै संघले यसअघिनै विश्वव्यापी रुपमा सहयोग संकलनको अभियानको शुरुआत गरेको छ । 

यसै अभियानमार्फत संघले विदेशस्थित राजदूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समितिलगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीहरुसँग सहकार्य गरिरहेको जनाएको छ ।  

यसैबीच मध्यपूर्वमा रहेका नेपालीहरुको सहयोगमा शनिबार (१५ मे, २०२१) मा ओमानबाट ५ सय ६० सिलिन्डर अक्सिजन नेपाल ल्याइएको हो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमानको पहल, ओमानस्थित नेपाली राजदूतावास, विभिन्न नेपाली संघसंस्था एवं आम गैरआवासीय नेपालीहरुको संयुक्त सहयोग र सहकार्यमा नेपाल ल्याइएको अक्सिजन सिलिन्डर रु ७५ लाख बराबरको रहेको छ ।   

ओमानदेखि काठमाडौंसम्मको अक्सिजन सिलिन्टर ढुवानीको खर्च भने नेपाल सरकारले व्यहोरेको छ । नेपाल ल्याइएका ती अक्सिजन सिलिन्डर तत्काल कोरोना संक्रमितहरु समक्ष पुगोस् भनेर आइतबार सरकारलाई हस्तान्तरण गरिने भएको छ ।  

एनआरएनएले मध्यपूर्व देखि अक्सिजन सिलिन्डर नेपाल पुर्याउने अभियानमा विशेष पहलकदमी लिई हाम्रो हौसला बढाएर सहकार्य गर्ने राजदूत शर्मिला पराजुली ढकालप्रति आभार व्यक्त गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ