arrow

घ्यूकुमारी खेती गरेर गाउँमै लाखौ आम्दानी

logo
निर्मल खत्री,
प्रकाशित २०७३ असार १६ बिहिबार
alovera-(6).JPG.jpeg
 म्याग्दी ।लामो समय भारतिय सेनामा कार्यरत जित बहादुर पाइजा अवकास पछि नेपाल फर्केका छन । पहिलै देखि आफ्नै ठाउमा केही गर्न योजना बनाएका उनि म्याग्दी जिल्ला पिप्ले गाविस वडा ९ मौवाफाटमा २ रोपनी खेतमा घ्यूकुमारी खेती गरेर गाउँमै लाखौ आम्दानी गरेका छन । 
 
करिव २ वर्ष देखि घ्युकुमारीको खेती गर्दै आएका पाईजाले म्याग्दी जिल्लामानै पहिलो नमुनाको रुपमा खेती गरेको पाईन्छ ।उनले एक वर्षमा घ्युकुमारीको ब्यापारबाट करिव दुई लाख कमाउने गरेको बताउछन । एक पटक रोपेको बिरुवाबाट ६ वर्ष सम्म त्यसको पातबाट आम्दानी दिने गरेको छ । 
 
करिव १६०० मिटर हाईट भन्दा तल्लो क्षेत्रमा हुने घ्युकुमारीबाट बिभिन्न खालका जुस, औषधी ,कस्मेटिक्स लगायतका समाग्रीहरु उत्पादन गर्ने गरेका छन । बिभिन्न जिल्लामा घ्युकुमारीको खेती गर्दै आएका कुषकहरुले पोखराको ड्याम साईटमा पोखरा एग्रो हर्ब एण्ड लाईफ केयर प्रालि नामबाट बिभिन्न खालको समाग्री आफै उल्पादन गर्ने गरेको पाईजा बताउछन ।
 
¾हामी आफै पात लिएर जान्छौ र कृषक आफैले काम गरि जुसहरु उत्पादन गछौ र आफै बितरण गरि ४५ प्रतिशत कम्पनिलाई र ५५ प्रतिशत आफुले लिने गरेको उनको भनाई छ”।तिन तिन पहिनामा पात निकाल्ने आएका उनले  हालसम्म २७ कुईन्टल पात पोखरा पठाईसकेको बताउछन । म्याग्दीको तल्लो क्षेत्रमा घ्युकुमारीको राम्रो सम्भाब्यता भएको देखिएको पाईजाले बताउछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ