- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । जनताले नयाँ भेरियन्टको कोरोना भाईरसको चरम मार खेप्न वाध्य भएका छन् । कृत्रिम अक्सिजन ग्याँस समेत नपाएर अकालमै ज्यान गुमाउन परेको अव यो नौलो कुरा रहेन् । नियती त्यस्तै भोग्न परेको छ बुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा भर्ना भएकाहरुले । जहाँ, अक्सिजन नपाउँदा धेरैको ज्यान गएको छ ।
जनताले बेड नपाएर अकालमै मृत्युवरण गर्नुपरेको दुखद् न, सत्ता पक्षलाई चासो छ, न त विपक्षी दलहरुलाई नै । बरु केही समय अगाडि लुम्विनी प्रदेशमा सत्ता ढलाउने र वचाउने खेल नभएको पनि होईन। यहाँ जनताको स्वास्थ्य भन्दा राजनीतिक विषयको चासो वढी भएको पाइएको छ । नागरिकले अक्सिजन नपाएको कुनै पनि राजनीतिक दलहरुलाई वास्ता छैन् ।
कोरोना महामारीले प्रदेशको रुपन्देहीसहित अन्य जिल्लाहरुमा स्वास्थ्य अवस्था अत्यन्तै नाजुक वनाएको र अस्पतालहरुमा बेड र अक्सिजन समेत नभएर उपचार नपाउँदा गम्भिर समस्या झेल्न बाध्य छन् नागरिक । अस्पतालको अवस्था विरामीहरु भरिएर वस्ने ठाउँ समेत छैन् ।
अक्सिजनको साहारा अत्यावश्यक बनेका वेला प्रदेशका कुनैपनि नेताहरु अक्सिजनको उपलब्धताबारे चिन्तित भएको देखिदैन् । अक्सिजन कतिबेला आउला र वाँचौला भन्ने आशमा अस्पतालमा दिन बिताउनेहरु धेरै छन् ।
लुम्विनी प्रादेशिक अस्पतालका सुचना अधिकारी डा.विष्ण गौतम भन्छन्, ‘हामी भर्ना भएका तथा आउनेहरुको लागि निरन्तर स्वास्थ्य अवस्थालाई ख्याल गर्दै, अक्सिजनको खोजीमा अस्पतालका कोरोना फोकल पर्सनदेखि मेडिकल सुपरिटेन्डेन्ट समेत हिंड्नु भएको छ । अथक प्रयास जारी राखेका छौं ।’
उनी भन्छन्, ‘वाहिरी कागजी रुपमा हेर्ने हो भने अक्सिजनको अभाव छैन तर भौतिक रुपमा उपलब्ध भने माग अनुसार नभएको हो ।’ उनले अस्पताललाई दैनिक चार सय अक्सिजन ग्यास आवश्यक रहेको उल्लेख गरे । अस्पतालमा अक्सिजन नपाइने भएकाले विरामी आफैंले अक्सिजन ल्याएर अस्पताल भर्ना हुने गरेको पाइएको छ ।
हाल सो अस्पतालमा १ सय ५० जना विरामीहरु भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ । आईसियु बेड नभएर १५ जना विरामीलाई भुईमा राखेर उपचार भैरहेको वताइएको छ । यस्तै हालसम्म अपताल राखेको विवरण अनुसार आइसीयूबाट २९ जना र अस्पतालको जनरल वार्डबाट ४२ जना गरी ७१ जना उपचारपछि निको भएर घर फर्केको जनाइएको छ । यी मध्ये केहीको घर गएपछि मृत्यु भएको अस्पतालले जनाएको छ ।
लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएकी नवलपरासीकी कृष्णा पुन भन्छिन, ‘घरमा गाह्रो भएर अस्पताल आएँ, घरमा भन्दा झन अस्पतालको अवस्था विजोग रहेछ । सबैजना ढलेका छन् । अक्सिजन अभाव छ । अब कसरी बाँच्ने हो भन्ने थप चिन्ताले सताउछ ।’ कृष्णा जस्ता धेरैको यस्तै सकसपूर्ण दिन वित्दै आएको छ ।
अक्सिजनको माग अनुसार विरामीहरुलाई पुर्याउन नसकेका डाक्टरहरु भन्छन्, ‘अक्सिजन खोज्दा-खोज्दै अब आफू पनि ढल्ने जस्तो भैसक्यो । बेडमा रहेका विरामीहरुको अवस्था हेर्दा दुःख लाग्छ । यता अक्सिजन खोजेर नपाउँदा कसरी उपचार गर्न सकिन्छ भनेर चिन्ता लाग्छ । । सम्बन्धित निकायसंग अक्सिजनको हारगुहार गरिरहेका छौं, तर पाएका छैनौं ।’