arrow

काठमाडौंमा फुटसल प्रिमियर लिग हुँदै, विजेताले १० लाख जित्ने

logo
प्रकाशित २०७३ असार १६ बिहिबार
futsal-luge-orgna..jpg.jpeg
काठमाडौं । पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल (इन्डोर फुटबल) को प्रिमियर लिग  हुने भएको छ । फुटसल प्रिमियर लिग नेपालमा हुन लागेको यो पहिलो अवसर ो । यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु भएपनि लिग भने हुन सकेको थिएन । एएमए इभेन्ट्स प्रालिको आयोजनामा काठमाडौंमा फुटसलमै १० लाख पुरस्कार राशिको फुटसल प्रिमियर लिग हुन लागेको हो । 
 
लिगमा १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । उत्कृष्ट १६ टिम छनोटका लागि साउन १० गतेबाट छनोट चरणका खेलहरु शुरु हुने र लिग भदौ तेस्रो साताबाट हुने प्रतियोगिताका संयोजक विवेक गौतमले जानकारी गराए ।
 
 छनोट चरणका खेलहरु भने नकआउटका आधारमा हुनेछ । छनोट चरणमा करिव ६० भन्दा बढी फुटसल टिमले सहभागिता जनाउन सक्ने आयोजकले बताएको छ । लिग चरणमा हरेक टिमले होम एण्ड अवेका आधारमा खेल खेल्नेछ । लिगचरणका कुल २४० खेल हुनेछ । लिगका खेलहरु शुक्रबार र शनिबार हुनेछ । एक दिनमा आठ खेल हुने आयोजकले बताए । 
 
फिफाको फुटसल नियमअनुसार नै प्रतियोगिता गराउन प्रतियोगिता संयोजक विवेक गौतमले जानकारी गराए । यस्तै गौतमले प्रतियोगिताको लागि अखिल नेपाल फुटबल संघ(एन्फा)सँग पनि सहकार्य गर्ने बताए । 
 
प्रतियोगितामा हरेक टिमले एक जना ‘ए’ डिभिजन लिगका खेलाडी राख्न पाउने प्रावधान राखिएको छ । भाद्र तेस्रो साताबाट शुरु हुने लिग पौष तेस्रो सातासम्म चल्नेछ । विजेताको छिनोफानो अंकका आधारमा गरिने छ । यदि अंक बराबरी भए गोलअन्तर तथा हेड टु हेडका आधारमा छानिने छ । 
 
खेलकुदमा पहिलो पटक हात हालेको बताउदै यसले सफलता पाए आगमी वर्षहरुमा पनि लिगलाई निरन्तरता दिदै जाने संयोजक गौतमले बताए । प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने छन् । यस्तै उत्कृष्ट हुने खेलाडी र गोलरक्षकले जनही ५० हजार प्राप्त गर्ने आयोजकले जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ