arrow

टाईब्रेकरमा पोल्याण्डलाई हराउँदै पोर्चुगल सेमीफाईनलमा

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Euro_POR_POL.jpg.jpeg
काठमाडौं। पोल्याणडलाई टाई ब्रेकरमा हराउँदै पोर्चुगल युरो २०१६को सेमीफाईनलमा प्रवेश गरेको छ। निर्धारित समयमा १-१ गोलले बराबरी भएपछि थपिएको समयमा पनि कुनै गोल हुन नसकी खेल टाईब्रेकरमा पुगेको थियो। 
 
पोल्याण्डका जाकुब ब्लास्जीकोस्कीको पेनाल्टीलाई पोर्चुगलका गोलकिपरले रोक्दै आफ्नो टोलीलाई जितको बाटो देखाएका थिए। अन्तिममा पेनाल्टी हान्न आएका  रिकार्डो करिश्माले गोल गर्दै आफ्नो टोलीलाई जिताएका थिए। 
 
खेलको दोस्रो मिनेटमा रोबर्ट लेवन्डोस्कीले गोल गर्दै पोल्याण्डलाई अग्रता दिलाएका थिए। लेवन्डोस्कीको प्रतियोगितामा पहिलो गोल रहेको थियो। उनी युरो छनौट चरणमा सबै भन्दा बढी गोल गर्ने खेलाडी रहेका थिए। 
 
पोर्चुगलकालागि खेलको ३३औं मिनेटमा रेनाटो सान्चेसले गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए। १८ बर्षिय सान्चेसले अन्तराष्ट्रिय फुटबलाम पहिलो गोल गरेका हुन्। 
 
खेलमा पोर्चुगलले केही राम्रा मौकाहुरमा गोल गर्न नसक्दा खेल टाईब्रेकरमा पुगेको थियो। स्टार खेलाडी रोनाल्डोले २ सजिलो मौकामा गोल गर्न सकेका थिएनन्। रोनाल्डो पोल्याण्ड बिरुद्धको खेलमा राम्रो लयमा थिएनन्। 
 
पोर्चुगलका आख्रमक रक्षापंक्तीका खेलाडी पेपेले राम्रो खेलको प्रदर्शन गरेका थिए। उनले पोल्याण्डका केही राम्रा आक्रमणहरु निस्तेज पारेका थिए भने पोर्चुगलको अग्रपंक्तिलाई पनि केही राम्रा मौकाहरु सृजना गरेका थिए। 
 
Jakub Blaszczykowski was the unfortunate fall guy as Rui Patricio guessed right to spring to his left and claw away the penalty kick
 
Ricardo Quaresma - who came off the bench to score the extra time goal against Croatia in the quarter finals - scored the crucial penalty
 
Robert Lewandowski took just 100 seconds to break his Euro 2016 duck when the  striker kept his cool to shoot beyond Rui Patricio
 
Renato Sanches revealed a glimpse of his potential in bringing Portugal level after 33 minutes with a deflected shot into the corner
 
Cristiano Ronaldo's disappointing Euro 2016 continued towards the end of normal time when he failed to connect with a through ball
 
Sanches' intervention brought joy to the thousands of faces inside the Terreiro do Paco fan zone in the Portuguese capital Lisbon
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ