arrow

‘गुन्डानाइके’ मनाङ्गेको अन्य संजाल पनि ध्वस्त पार्छौं : एसएसपी थापा

सहयोगि राजनकुमारसंगै ठमेलबाट पक्राउ

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
SSP-Bikram-Singh-Thapa.jpg.jpeg
काठमाडौं । ‘गुन्डानाइके’ दीपक मनाङ्गे एक सहयोगिसहित काठमाडौंको ठमेलबाट पक्राउ परेका छन् । उनी संगठित गुन्डागर्दीको आरोपमा विहिबार राति ठमेलको एक रेष्टुराँबाट पक्राउ परेका महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी विक्रम सिंह थापाले जानकारी दिए । 
 
मनाङ्गेसंगै उनका सहयोगी राजनकुमार सिंह समेत पक्राउ परेको एसएसपी थापाले बताए । थापाले हाम्राकुरासंग भने, ‘हो डन पक्राउ परेको छ, उसको सहयोगि राजनकुमार सिंह पनि पक्राउ परेको छ । थप अनुसन्धान गर्र्दै छौं । बाँकी यसको अरु सन्जालाई पनि ध्वस्त पार्छौं ।’ को–को छन् उ संग सुक्ष्म अनुसन्धान भा छ । थापाले थपे, ‘हामी कडा कानुनी कारबाही गर्छौं । संगठित अपराधलाई निस्तेज पार्छौंै ।’  
 
मनाङ्गेविरुद्ध, संगठित अपराधका धेरै उजुरी परेका र उनले पछिल्लो समय धम्क्याएर फिरौती रकम असुन्ने गरेको भन्दै थापाले उनीसहित उनको अन्य संजालपनि ध्वस्त पार्ने बताएका हुन् । उनले भने, ‘हामीले प्रसस्त प्रमाण भेटाएका छौं, मनाङ्गेविरुद्ध, हत्या, फिरौती लगायतको थुप्रै उजुरी आएका छन् ।’ मनाङ्गगेले भूमिगत रुपमा युवा परिचालन गरी संगठित अपराध गरेको एसएसपी थापाको भनाई छ । मनाङ्गेलाई संगठित अपराधको मुद्दा चलाउने र गुण्डागर्दीविरुद्धको अभियानलाई अझ सक्रिय बनाउने थापाको दृढता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ