arrow

बंगलादेशमा फेरि एक हिन्दू पुजारी मारिए, मन्दिरमै छिरेर चक्कु प्रहार

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
bangladesh.jpg.jpeg
ढाका । बंगलादेशमा फेरि एक हिन्दू पुजारीको हत्या भएको छ । बिहान झिनाइदह जिल्लामा रहेको मन्दिरमा पूजा गरिरहेका बेला ४५ वर्षीय पुजारी श्यामनोन्दा दासको हत्या भएको हो । उश्रृंखल एक समूहले मन्दिरमै छिरेर दासको हत्या गरेको स्थानीय प्रहरीले बताएको छ ।
चक्कु प्रहारबाट उनको घटनास्थलमै निधन भएको हो । प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । बंगलादेशमा हिन्दू पुजारी मारिएको यो एक महिनाको अवधिमा पाँचौं घटना हो ।
प्रहरीले के कारणले हिन्दूमाथि आक्रमण भइरहेको छ भनी बुझन् नसकेको बताएको छ । 
मुस्लिम राष्ट्र बंगलादेशमा १६ करोड जनसंख्या छ । पछिल्लो समय हिन्दू तथा अल्पसंख्यक एवं धर्म प्रचारकविरोधीहरुमाथि आक्रमण हुँदै आएको छ । सरकारले भने यसरी नियमित घटना भइरहँदा कुनै कदम चालेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ