काठमाडौं। सन् १९५८को विश्वकपको क्वार्टरफाईनलमा ब्राजिलसँग पराजित भए पछिको पहिलो ठुलो प्रतियोगितामा छनौट भएको वेल्सकालागि बेल्जियमसँगको खेल ऐतिहासिक हुने म्यानेजर क्रिस कोलम्यानले बिबिसीलाई बताएका छन्।
वेल्स र बेल्जियम बिचको खेल शनिवार बिहान नेपाली समय अनुसार १२:४५ बजे हुनेछ।
दुई टोली बिचको खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ। युरोमा पहिलो पटक सहभागी भएको वेल्सले राम्रो प्रदर्शन गरिहेको छ। गारेथ बेल, राम्सेले आफ्नो नाम अनुसारको प्रदर्शन जारि राखेका छन्।
रियाल मड्रिड स्ट्राईकर गारेथ बेल र आर्सनलका मिडफिल्डर आरोन राम्सेको सामना बेल्जियमका स्टार खेलाडीहरु एडेन हजार्ड, केविन डे ब्रुनी र रोमेलु लुकाकुसँग हुनेछ। लयमा देखिएका मड्रिड स्टारको आजको लयले खेलको नतिजामा फरक पार्ने निश्चित रहेको छ।
बेल्जियमको टोली शसक्त रहेको छ। आफु लयमा रहेको दिनमा कुनै पनि टोलीलाई सजिलै मात दिन सक्ने खूबी बेल्जियम टोलीसँग रहेको छ। अझ लुकाकु, हजार्ड र ब्रुनीको संयोगले बेल्जियम खतरनाक टोलीका रुपमा देखिन्छ।
वेल्सका कप्तान एस्ले विलियम्स बेल्जियम बिरुद्धको खेलकालागि स्वस्थ भएका छन्। उत्तरी आयरल्याण्डसँगको केलमा काँधमा चोट लागेका विलियम्सको प्रतयोगिता सकिएको आंकलन गरिएको थियो। कप्तानको मैदानमा उपस्थितीले वेल्सको टोलीलाई प्रोत्साहान गर्नेछ।
बेल्जियमका थोमस भर्मालिन वेल्स बिरुद्धको खेलमा खेल्न पाउने छैनन्।थोमस बेल्जिय रक्षापंक्तीका प्रमुख खेलाडी रहेका छन्। त्यसैगरि अर्का रक्षापंक्तिका खेलाडी जान भर्टोंगे खुट्टाको समस्याका कारण खेल्न सक्ने छैनन्। उनले ट्विट गर्दै प्रतियोगिता सकिएको बताएका छन्।
दुई टोलीले एक आपसमा १२ खेल खेलेका छन्। ५ खेलमा बेल्जियम र ४ खेलमा वेल्स बिजयी रहेको छ भने ३ खेल बराबरीमा सकिएको छ।