arrow

गोदावरी घटनामा घाइतेको संख्या २४ पुग्यो, मृतक दुईजना (नामावली सहित)

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Lalitpur-hamrakura.jpg.jpeg
ललितपुर। गोदावरी स्थित पुष्पान्जली माध्यमिक बिद्यालयको पर्खाल भत्किंदा घाईते हुनेको संख्या २४ पुगेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीका अनुसार केही समय अगाडि मात्रै दुई जना घाइतेलाई विभिन्न अस्पतालमा उपचार गराईएको छ । 
घटनामा दुई बालिकाको मृत्यु भएको छ । मुल्यु हुनेमा ९ वर्षिया कृपा राई र १० वर्षीया अञ्जना पुन मगर रहेको पनि ललितपुर प्रहरीले जानकारी दिएको छ । 
घाइते हुनेहरुमा अधिकांश ३ कक्षाका बिद्यार्थी रहेका छन्। आठ कक्षाका केही बिद्यार्थी पनि घाईते भएको बताईएको छ। तत्काल प्रहरीद्वारा उद्दार गरिएका विद्यार्थीहरुको बि एण्ड बी र पाटन अस्पतालमा उपचार भैरहेको अधिकारीले जानकारी दिएका छन्।  बि एण्ड बी अस्पतालमा उपचारार्थ लगिएका दुई वालिकाको मृत्यु भएको हो । 
उक्त घटनामा घाईते भएका र मृत्यु भएकाहरूको नामावली यस्तो छ ।
 
मृतकको नाम :
१ कृपा राई 
२ अञ्जना पुन मगर
 
घाइते हुनेको नाम:
१ रूपेश ढकाल
२ आयुक्ष्मा आचार्य
३ आयुक्ष्मा नापी
४ मैना बुढाथोकी
५ अञ्जना शाही  
६ अनुप महर्जन
७. विना मगर
८ सुरज लामा
९ रोहित लामा
१० सुनिता परियार
११ रोजन महर्जन
१२ लासी गुरूङ
१३ सुरज हाङ लिम्बु
१४ जानकी शाही 
१५ अञ्जु महर्जन
१६ राजुमान माझी
१७ चित्रकुमार कार्की
१८ फुम्बा दोर्जे गुरुङ्ग
१९ फुम्मा तेन्जीङ्ग लामा 
घाइतेको संख्या २४ रहेको भएपनि अहिले १९ जनाको मात्रै नामावली आएको बाँकीको नामावली आउनेक्रम जारी रहेको प्रहरीले जनाएको छ । घाइते मध्ये १४ जनाको बिएनबी र ५ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। अन्य अस्पतालमा पनि घाइतेलाई उपचारको लागि लगिएको भएपनि  उनीहरुको विवरण प्राप्त हुने क्रममा रहेको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ