एजेन्सी । बलिउडका किङ खान शाहरुखले शुक्रवार बिहान ट्विटरमा एउटा फोटो सेयर गरेका छन् । सो तस्वीरमा उनका साथ सलमान खान देखिएका छन् । तस्वीर पोष्ट गर्दै शाहरुखले लेखेका छन् , "साइकल साइकलमा दाजु -भाई । कुनै प्रदूषण छैन । उनि साइकल लाल, म माइकल लाल' ।
सो तस्वीरमा दुवै स्टार आ-अफ्नो साइकलमा एक साथ पोजमा देखिएका छन् । केहि समय पहिले सलमानले चलचित्र सुल्तान सुटिङको क्रममा, उनि सुटिङ पछि एक बलात्कृत महिला जस्तो महसूस गर्ने गरेको कथन गरेका थिए । साथै उनि थकानको कारण सिधा हिडन नसक्ने पनि बताएका थिए । उनले एक अन्तर्वार्तामा भनेका छन्, म सुटिङको क्रममा दिनभरिमा कयौ वजन उचाल्ने गर्दछु ।'
नेशनल वुमन कमीशनको अध्यक्ष ललिता कुमार मंगलमले आयोगको तर्फवाट सलमानको उक्त बयान प्रति असन्तुष्टि जनाउदै सलामनलाई पत्र काटेकी छन् । सो पत्रमा सलमानले किन त्यसो भने सोको स्पष्टिकरण मागिएको छ ।
शुक्रवार एक अन्तर्वार्ताको क्रममा शाहरुखसँग सलमानको 'रेप' केसमा बोल्न अनुरोध गरिएको थियो । उनले 'नो जजमेन्ट' भन्दै उनि सो बिषयमा कुनै टिप्पणी गर्न नचाहाने बताएका छन् ।