स्याङ्जा । वालिङ नगरपालिका वडा नं. ११ स्थित बाहुनथान बिपी बाटिकामा बिरुवा रोपण गरिएको छ । १ सय ८ पिपल, लप्सी, कपुर, रुद्राक्ष लगायत झण्डै २ सय विरुवा रोपिएको छ । विपी कोईरालाको शतवार्षिकीका अवसरमा गतवर्ष बृक्षारोपण गरिएको स्थानमा फेरि बृक्षारोपण गरिएको हो ।
गतबर्ष गरिएको बृक्षारोपणको संरक्षण नभएपछि समितिले अवका दिनबाट पुरै संरक्षणको तयारीका साथ बृक्षारोपण गरिएको समितिले जनाएको छ । पर्यटन बोर्डबाट १ लाख, जिल्ला बन कार्यालय अन्र्तगत हरियो बन कार्यक्रमबाट ४ लाख ७५ हजार र वालिङ नगरपालिकाबाट ३५ हजारको लागतमा तारबार सहित यसपटक बिरुवा रोपण गरिएको छ ।
बृक्षारोपणमा बोल्दै जिल्ला बन कार्यालयका प्रमुख अजितकुमार कर्णले सम्भावना बोकेको बाहुनथान स्थित विपी वाटिका क्षेत्रको विकास गर्नसके आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रयाउन सकिने बताए । अत्यन्तै रमणीय स्थलको प्रचारप्रसार र संरक्षणको अभाव रहेको छ बृक्षारोपण पछि प्रमुख कर्णले भने, “यस क्षेत्रको प्रवद्धन गर्न सकेमा वालिङ लगायत स्याङ्जाको पर्यटकीय क्षेत्रको विकासका लागि कोषेढुङ्गा सावित हुनेछ ।”
कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य छायाराम खनाल, काँग्रेस क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, काँग्रेस महाधिबेशन प्रतिनिधि लक्ष्मीप्रसाद रेग्मी, काँग्रेस नगर सभापति दिलिपप्रताप खाँण, वालिङ उद्योग वाणिज्य संघका महासचिव गिरमान गुरुङल लगायतले यस क्षेत्रको विकासका लागि सबैले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । बाहुनथान पर्यटकीय तथा कृषि क्षेत्र विकास समितिका अध्यक्ष गोविन्दप्रसाद पंगेनीले विकासका लागि पछौटेपन वोकेको बाहुनथान अव विपिको नामले विकास हुनेमा विश्वास व्यक्त गरेका छन् ।