arrow

सामूहिक बङ्गुरपालनमा सहकारीका किसान

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
pigfarm.jpg.jpeg
बाबियाचौर(म्याग्दी) । रोजगारी सिर्जना, समुदायको आयस्तर वृद्धी र स्थानीय बजारमा मासुको आयात घटाउन कुहुँको भर्जुलामा सहकारी संस्थाले बङ्गुरपालन सुरु गरेको छ । 
 
भरजुला कृषि सहकारी संस्थाले सामूहिक बङ्गुरपालन व्यवसाय सुरु गरेको हो । सहकारीमा ४७ जना किसान आवद्ध छन् । बङ्गुरपालनबाट आयआर्जनमा सघाउ पुग्ने संस्थाका अध्यक्ष बमबहादुर शेरपुञ्जा बताए। सहकारीमा आवद्ध सदस्यले आलोपालो गरेर बङ्गुरको स्याहार सुसार गर्ने गरेका छन् । उनीहरुले आम्दानी समान रुपमा वितरण गर्ने व्यवस्था मिलाएका छन् । 
 
फार्ममा ३० वटा बङ्गुरका पाठापाठी छन् । बङ्गुर फार्म स्थापना गर्न रु १२ लाख लगानी गरिएको शेरपुञ्जाको भनाइ छ । जिल्ला पशुसेवा कार्यालयद्वारा सञ्चालित सहकारी खेती बङ्गुरपालन कार्यक्रमले सहकारीलाई बङ्गुरपालन गर्न रु आठ लाख ३० हजारका दरले अनुदान सहयोग उपलब्ध भएको छ । 
 
खोर निर्माण, पाठापाठी खरिद, विद्युत् जडान, खानेपानी आपूर्ति र दानापानीको व्यवस्थाका लागि अनुदान उपलब्ध गराइएको हो । संस्थाले ३० प्रतिशत श्रमदान अथवा आन्तरीक स्रोतबाट लगानी थपेर फार्म स्थापना गरेका हुन् । अनुदानको सदुपयोगका लागि दुई किस्तामा रकम उपलब्ध गराइएको पशु सेवा कार्यालयले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ