arrow

नयाँ सरकारका लागि पेस भएका दुवै दाबी जाली र किर्ते, खारेज गरियोस : कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
kamal-thapa_(2)1.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले शुक्रबार नयाँ सरकारका लागि पेश भएको दाबीलाई जाली र किर्तेको संज्ञा दिएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई उक्त दाबी तत्काल खारेज गरी चुनाव घोषणा गर्न माग गरेका छन्।

शुक्रबार अपरान्ह सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी, कांग्रेस र एमालेको एकपक्षीय नेताहरुको तर्फबाट परेको नयाँ सरकारको दाबी अस्वीकार गर्न आग्रह गरेका हुन्।

उनले लेखेका छन्, राष्ट्रपति महोदय, दुवै दावीमा संविधानको धारा ७६(५)अनुसार ‘बिश्वासको मत प्राप्त गर्ने’ आधार छैन। दुवै जाली र किर्ते हुन्।दुवै खारेजगरी संविधान बमोजिम चुनाव घोषणा होस्। यिनीहरूले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे।अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठन प्रक्रियाका लागि राष्ट्रपतिको आव्हान बमोजिम नयाँ सरकारका लागि प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेता शेरबहादुर देउवाले नयाँ सरकारको दाबी गरेपछि थापाको प्रतिक्रिया आएको हो ।

ओलीले संसद्मा रहेका १५३ सांसद आफ्नो पक्षमा रहेको भन्दै दाबी प्रस्तुत गरेका छन् भने देउवाले पनि काँग्रेस ६१, एमालेको माधव नेपाल समूह २७, जनता समाजवादी उपेन्द्र यादव समूह १२ तथा माओवादी केन्द्र ४८ र राष्ट्रिय जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेर १४९ सांसदले आफूलाई समर्थन गरेको भन्दै प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ