arrow

कलाकार पाण्डेलाई पत्नी शोक

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
bikash-pandey-past-wife.jpg.jpeg
बिराटनगर। कलाकार बिकास राज पाण्डेलाई पत्नी शोक परेको छ। बिरामी भएपछि तेह्रथुमबाट बिराटनगर गोल्डेन अस्पतालमा उपचार गर्ने क्रममा पाण्डेकी श्रीमति प्रकृति भण्डारीको मृत्यु भएको अस्पतालले जनाएको छ।
 
तर पारिवारिक स्रोतले भने अस्पतालले उपचारमा लापर्वाही गर्दा मृत्यु भएको दावी गरेको छ। सामान्य पेट दुखेर अस्पताल भर्ना भएको भए पनि बिभिन्न पाचँ वटा  इन्जेक्शन लगाए पछि मृत्यु भएकोले छानबिन गरी अस्पताल र सम्बन्धीत डाक्टरलाई कारवाहीको माग बिकाशराज पाण्डेले गरेका छन्। 
 
अस्पतालका संचालक सदस्य शदानन्द मण्डलले भने छारेरोग जस्तो लक्षण देखिएको र फिज काड्ने र काम्ने भएपछि उपाचार गर्ने क्रममा सास फेर्न नसकेकोले मृत्यु भएको बताए।
 
कलाकार पाण्डेले भद्रगोलमा खेलेका छन्। उनको प्रकृति भण्डारीसग दुई महिना अघि मात्र बिवाह भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ