arrow

भारतले बनाएको औषधि '२डीजी' कोरोनाविरुद्ध रामबाण सावित हुन सक्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
2dg medicine.png
फाइल तस्बिर

काठमाडौं। भारतको रक्षा अनुसन्धान विभागले विकास गरेको कोरोना भाइरसविरुद्धको औषधि २डिअक्सी डी ग्लुकोज (२डीजी) औषधि प्रभावकारी हुने देखिएको छ। यो औषधि चाँडै नै बजारमा आउने ठानिएको छ। यो औषधिको खोज पछाडिका हिरो वैज्ञानिक डा. अनिल कुमार मिश्र हुन्।

रसायनशास्त्रमा गोरखपुर विश्वविद्यालयबाट सन् १९८४ मा पीएचडी गरेका डा. मिश्रले सन् १९८८ मा बनारसको हिन्दु विश्वविद्यालयबाट पीएचडी गरेका थिए।
डा. मिश्रले खासगरी मोलिकुलर बायोलोजि र अर्गानिक स्यान्थेसिसमा अनुसन्धान गछन्। फ्रान्स, क्यालिफोर्निया, म्याकस प्लेंक, जमर्नीलगायतका देशमा भिजिटिङ प्रोफेसरका रुपमा समेत डा. मिश्रले काम गरिसकेका छन्।

भारतको रक्षाविभागमा वरिष्ठ वैज्ञानिकका रुपमा सन् १९९७ मा डा. मिश्र जोडिएका थिए। २डीजी ग्लुकोज कम्पाउण्ड हो। यसमा भएका दुई हाइड्रोक्जाइल ग्रुप हाइड्रोजन एटमबाट रिप्लेस गरिएको हुन्छ।

यसकारण २ डिअक्सी डी ग्लुकोजको अर्थ भनेको दोस्रो स्थानको कार्बनबाट अक्सिजन हटाउनु हो। ग्लुकोज जस्तै डी ग्लुकोज सजिलै शरिरको कोषहरुमा प्रवेश गर्न सक्छ। जहाँ कोरोना भाइरस रहेको हुन्छ। त्यहाँ डी ग्लुकोज पनि पुग्छ।

ग्लुकोज दुई फरक कम्पाउण्डमा ब्रेक डाउन हुन्छ। र जसमध्येको एक पाइरुभेट एनआयोन (सीएच३सीओसीओओ माइनसं) हो। यसक्रममा इनर्जी रिलिज (उर्जा उत्पन्न) हुन्छ। अर्थात यो मेटाबोलिक प्रक्रिया हो। यो प्रक्रियालाई ग्लाइकोलाइसिस भनिन्छ।

यतिबेला उत्पन्न हुने इनर्जीकै कारण सम्पूर्ण जिवहरु जिवित रहन्छन्। यसै इनर्जीबाट कोरोना भाइरस पनि जिवित रहन्छ र आफ्नो संख्या बढाउछ।

तर, २डीजी मा हाइड्रोक्जाइल ग्रुप हाइड्रोजनबाट रिप्लेस (विस्थापित) गरिएका कारण यसमा ग्लाइकोलाइसिस हुँदैन्।

यसको अर्थ त्यहाँ इनर्जी उत्पन्न हुँदैन्। इनर्जी उत्पन्न हुँदा भाइरसजस्ता अर्गानिज्म (जिव) लाई बाँच्न असहज हुन्छ। र कोरोना भाइरस केही दिनभित्र मृत हुन्छ।

यसै पद्यतीमा आधारित रहेर यो औषधि टुयूमर र क्यान्सरविरुद्ध पनि प्रयोग हुन्छ।

एएनआईले आणविक मेडिसिन र एलाइड साइन्स संस्थानका वैज्ञानिक डा सुधीर चन्दनलाई उद्धृत गर्दै भन्यो, "क्लिनिकल परीक्षणहरूको समयमा, यसले कोभिडबाट सङ्क्रमित बिरामीहरूलाई निको पार्दै प्रभावकारी परिणाम ल्याएको छ। औषधिको दोस्रो चरणमा करिब ११० बिरामीहरूमा क्लिनिकल परीक्षण गरिएको थियो भने तेस्रो चरणमा २२० बिरामीहरूमा प्रयोग भएको थिए। यी परीक्षणलाई हेर्दा दुई चरणमा नै यसले प्रभावकारिता देखाएको छ।" 

यो औषधि कोरोना भाइरसलाई पनि मार्न सफल भएमा यो औषधि कोरोना विरुद्ध रामवाण सावित हुने विश्वास गरिएको छ। चाँडै नै यो औषधिको उत्पादन बढाइने भएको छ। ‘अझ सम्झिने भाषामा भन्दा भाइरसको संख्या दोब्बर हुन भाइरसलाई इनर्जी (ग्लुकोज)चाहिन्छ। तर जब, हामीले २डिअक्सी डी ग्लुकोज औषधि सेवन गर्छौ, कोरोना भाइरसले आफ्नो संख्या वृद्धि गर्न ग्लुकोज लिने पर्ने ठाउँमा २डिअक्सी डी ग्लुकोज लिन्छ। २डीग्लुकोजमा हाइड्रोक्जाइल ग्रुप हाइड्रोजनबाट विस्थापित गरिएको हुने हुँदा ग्लाइकोलाइसिस अर्थात इनर्जी उत्पन्न हुँदैन् र इनर्जी नपाएपछि कोरोना भाइरसले आफ्नो संख्या दोब्बर गर्न सक्दैन र मर्छ।’ एएनआईले भनेको छ।

त्यस्तै भारतको औषधि अनुसन्धान विभागले कोरोना भाइरसको संक्रमण केही मिनटमै थाहा पाउन सकिने कोभिसेल्फ किटलाई पनि अनुमति दिएको छ। 
यो किटको प्रयोग गरेर कुने पनि व्याक्तिले आफ्नो स्वाबाट कोरोना भाइरसको संक्रमण जाँच गर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ