arrow

रानीपोखरीलाई बजेट अभाव

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
1467366934737_NA_Chitwan_160630_Rani-Pokhari.jpg.jpeg
चितवन । पर्यटनको प्रचुर सम्भावना भएपनि बजेटको अभावमा भौतिक पूर्वाधार निर्माण हुन नसक्दा चितवन नगरपालिका–४ किरणगञ्जस्थित रानीपोखरी ओझेलमा परेको छ । 
 
करिब पाँच बिगाहा जमिनमा फैलिएको रानीपोखरी क्षेत्रको बीच भागमा ठूलो पोखरी रहेको छ । उक्त पोखरीमा वर्षैभरी पानी रहन्छ । वरिपरी डिलमा २३ वटा ढुङ्गामा कुँदिएका आकर्षक मूर्ति रहेका छन् । पर्यटक का लागि भ्यूटावर, मन्दिर र गोलघर निर्माण भइरहेको छ । 
 
पर्यटकका लागि यहाँ पिउने पानी उपलब्ध गराउन बोरिङ जडान गरिएको छ । स्थानीय तहबाट राष्ट्रिय लोकदोहोरी कार्यक्रमको आयोजना गरी रु १५ लाख जुटाएर पूरै भू–भागलाई तारजालीले घेरेर सुरक्षित बनाइएको छ । 
 
रानीपोखरी संरक्षण तथा विकास समितिका अध्यक्ष सुरेन्द्र गुरुङ जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य भएर पनि बजेट अभावले व्यवस्थित गर्न नसक्दा रानीपोखरी ओझेलमा परेको बताउछन् । देशभरका २३ जना मूर्तिकालरले कुँदेका मूर्तिले रानीपोखरीलाई आकर्षक वनाएको छ । 
 
यहाँ पर्यटक घुमाउन डुङ्गाको अभाव रहेको छ । “बजेट अभावले ढुङ्गा किन्न सकेका छैनौँ,” गुरुङले भने । हालसम्म संरचना निर्माणका लागि चितवन नगरपालिकाले रु २० लाख उपलब्ध गराएको छ भने जिविसले रु छ लाख सहयोग गरेको छ । यस्तै पर्यटन मन्त्रालयले रु तीन लाख सहयोग गरेको बताइएको छ । 
 
रानीपोखरी परिसरमा क्याम्प राखेर पर्यटक राख्ने, डुङ्गा चलाउने, वनभोजस्थल बनाउने, पर्यटकका लागि वपास बस्ने व्यवस्था गर्ने, खानेपानीको प्रबन्ध गर्नेलगायत काम आर्थिक अभावले रोकिएको गुरुङले बताए । जिल्ला भित्रिने पर्यटकका लागि गन्तव्य रानीपोखरी बनाउन बजेट र प्रचारप्रसारको अभाव रहेको छ । भरतपुरबाट करिब १२ किलोमिटरको दुरीमा रहेको रानीपोखरी जिल्लाको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउन सके पश्चिम चितवनको मुहार फेरिने निश्चित छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ