arrow

‘पिपल्स च्वाइस’ नवयुग कि सन्दिप ? कस्लाई पर्ला अवार्ड

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
naba-and-sandip-new.jpg.jpeg
काठमाडौं । फुटबलर नवयुग श्रेष्ठ र कान्छा क्रिकेटर सन्दिप लामिछाने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै अवार्डको मनोनयन सार्वजनिक गरेको छ । 
 
पवल्सर स्पोर्ट्स अवार्ड २०७२ अन्तर्गतको पिपल्स च्वाइस अवार्ड मनोनयनमा टेबल टेनिस खेलाडी नविता श्रेष्ठ, फुटबलर नवयुग श्रेष्ठ, भारोत्तोलक तारादेवी पुन, क्रिकेटर सन्दीप लामिछाने र भलिबलकी प्रतिभा माली परेका छन् ।
 
साउन ६ गते प्रज्ञा प्रतिष्ठानको भवनमा हुने पल्सर स्पोर्टस अवार्डमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा तथा प्रशिक्षक, पिपल्स च्वाइस, वर्षका उत्कृष्ट पारा खेलाडी, स्पेशल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी ८ विधामा खेलाडी र समग्र रुपमा नेपाली खेलकर्मीलाई सम्मा गर्ने कार्यक्रम रहेको मञ्चले जनाएको छ । 
 
विगतमा लोकप्रिय खेलाडी अवार्डको रुपमा रहेका विधालाई यसपटकबाट नाम परिवर्तन गरी पिपल्स च्वाइस अवार्ड राखिएको हो । पिपल्स च्वाइस विधाको मनोनयनमा पर्ने पाँच खेलाडीलाई एसएमएस र फेसबुकमार्फत भोट गर्न सकिनेछ । अघिल्लो संस्करणमा जस्तै ४ वटा फेसबुक लाइकको एउटा एसएमएस भोटिङ मानिनेछ । 
 
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपल्स च्वाइस विधाका विजेताले पल्सर  मोटरसाइकल प्राप्त गर्नेछन् । त्यस्तै अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँ पाउने छन् । पल्सर स्पोर्टस् अवार्ड कार्यक्रमको तयारीका लागि मञ्चका अध्यक्ष महेश आचार्यको संयोजकत्वमा मुल आयोजक समिति गठन भएको छ ।
 
त्यस्तै विभिन्न उपसमिति पनि गठन भएका छन् । मञ्चका  सचिव राजु घिसिङको संयोजकत्वमा रहेको खेलाडी छनोट समितिले केही दिनमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षकको मनोनयन सर्वजनिक गर्नेछ ।
 
मञ्चका अध्यक्ष आचार्यले, ‘वर्ष भरी प्रदर्शनको आधारमा चर्चामा रहेका खेलाडीलाई पिपल्स च्वाइस अवार्डको मनोनयनमा राख्ने गरा छौं । त्यहीअनुसार २०७२ सालमा उत्कृष्ट प्रदर्शन गर्दै वर्षभरी चर्चामा रहेका ५ खेलाडीलाई पिपल्स च्वाइस अवार्डको लागि मनोनयन गरिएको हो –भने ।’
 
 
पिपल्स च्वाइसमा परेका खेलाडीले के भने ? 
फुटबलर नवयुग श्रेष्ठले मनोनयनमा परेकामा खुसी व्यत्तः गर्दै सबैको हौसलाबाट यहाँ सम्म आइपुगेको छु –भने । उनले भविष्यमा अझै अघि बढ्ने विश्वास लिएको बताए । 
 
टेबलटेनिश खेलाडी नविता श्रेष्ठले आफुलाई अत्यधिक भोट गरेरलाई जिताउन सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘यहाँ सम्म आइपुग्दा मेहनत र लगन त छ नै, त्यो भन्दा बाहेक परिवार, साथीभाई र श्रीमान्को साथ रहेको छ ।’
 
भलिबल खेलाडी प्रतिभा मालीले भनिन्, ‘मनोनयमा पर्दा खुसी छु । मेरो स्कुल न्यू डाइमन्ड र गुरु, दिदीहरुलाई धन्यवाद दिन चाहन्छु , जसको प्रेरणाले म यहाँसम्म आइपुगेको छु ।’
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ