arrow

मेलम्चीपछि याङ्ग्री र लार्केको पानी ल्याउन गृहकार्य सुरु, २०७४ को दसैँमा पानी धारामा खसालिने

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Melamchiko-pani.jpg.jpeg
काठमाडौँ । मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी डेढ वर्षपछि उपत्यकामा आउने निश्चित भएपछि नजिकैका याङ्ग्री र लार्केको पानी पनि ल्याउने गृहकार्य सुरु भएको छ । 
 
मेलम्चीको पानी काठमाडौँ ल्याउन बनाइएको २७ किमी सुरुङबाटै याङ्ग्री र लार्केको पानी पनि ल्याउन सम्भाव्यता अध्ययन गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । २७ किमी सोही सुरुङलाई उपयोग गरे पनि मेलम्ची खोलाबाट याङ्ग्री र लार्केसम्मको दूरीका लागि बाँकी १२ किमी सुरुङ खन्नका लागि सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोटको काम सुरु गरिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिए । 
 
याङ्ग्री र लार्केको सुरुङ निर्माण भएपछि उपत्यकामा थप ३४ करोड लिटर पानी आउने समितिले जनाएको छ । मेलम्चीको पानी काठमाडौँ आइपुग्न जम्मा रु २३ अर्ब खर्च लाग्ने हिसाब निस्किएको कार्यकारी निर्देशक भट्टराईले बताए  । 
 
सुरुङको प्रवेश मार्ग निर्माणका लागि सिन्धुपाल्चोकमा ४५ किमी सडक निर्माण र ३० किमी सडकको स्तरोन्नति एवम् सामाजिक उत्थान कार्यक्रमको समेत गरी यो लागत निस्किएको हो । रु एक अर्बको आयोजनाले जग्गा नै किनेको थियो । 
 
हाल साढे १७ किमी सुरुङ निर्माण भइसकेको छ । पछिल्लो समय सुरुङमा कमजोर चट्टान आएकाले काम केही ढिला भए पनि विसं २०७४ जेठदेखि असारसम्म सम्पन्न गरिसकिने समितिको प्रतिबद्धता छ । सुरुङभित्रका काम सम्पन्न गरी विसं २०७४ को दसैँमा पानी धारामा खसालिने गरी तयारी गरिएको उनले जानकारी दिए  । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ