arrow

‘कुरा लुकाउँदै पाइला चाल्दै दाहाल’

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
dahal-naya-pic.jpg.jpeg
काठमाडौं । माओवादी केन्द्रका नेताहरुले नयाँ सरकार गठनको कसरत लुकाइरहेका छन् । एमालेसंग भएका सहमति कार्यान्वयन नभएको भन्दै माओवादीले फेरि विपक्षी कांग्रेस संगको सामिप्यता बढाएको चर्चा भइरहेका बेला माओवादी हेडक्वार्टर आर्थात् नेतृत्व निकटस्थ नेताहरुले ती सबै भित्रि गतिविधिहरु लुकाइरहेका छन् । 
 
केही दिन अघि मात्रै शेरबहादुर देउवा कहाँ माओवादीका प्रभावशाली नेता वैशाख २३ को ९ बुँदेको अभिल्लो दिन झैं डिनर भेटमा गएको स्रोत बताउँछ । माओवादी केन्द्रका नेतार कांग्रेस नेताबीच भइरहेका अनौपचारिक छलफललाई राजनीतिक स्वरुप परिवर्तनको संकेत मानिएको छ । 
तर, राष्ट्रिय सहमति नभए सम्म कुनै पनि हालतमा संविधान कार्यान्वयन नहुने र राष्ट्रिय सहमति विनाको सरकारको अर्थ नहुने माओवादी नेताहरुको तर्क छ ।
 
विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै प्रधानमन्त्री केपी ओलीकै नेतृत्व वा कांग्रेस सभापति शेरबहादुर देउवा जो सुकै भए पनि आफुहरुलाई मान्य हुने बताएका थिए । दाहालकै भाषामा दाहाल पुत्र प्रकाशले आफुहरुले नयाँ सरकार गठनबारे कुनै लोभ नपालेको बताए । 
 
आन्तरिक सांगठनिक संरचनाको टुंगो लगाउन पटक–पटक बस्न खोजेर नबसेको केन्द्रीय कार्यालय बैठकबारे जानकारी दिँदै प्रकाशले भने, ‘बैठक आन्तरिक तयारी नपुगेर फेरि पनि बस्न सकेन । अब शनिबार मध्यान्ह १२ बजे पछि बस्ने कुरा छ । बैठकमा पार्टीको सांगठनिक संरचनाबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने छ ।
 
नयाँ सरकार गठनबारे बहस भएको छैन, यो बैठकमा पनि हुँदैन ।’ राष्ट्रिय सहमति नभए सम्म सरकार गठनको कुरा आउँदैन । सहमति जुटाउनेबारे भने छलफल भएको मान्न सकिन्छ । केही दिनबाट लगातार सर्दै आएको बैठक शुक्रबार समेत दुई पटक सरेको थियो । विहान ११ बजेका लागि डाकेको बैठक दिउँसो ३ बजेका लागि सरेपनि पछि बस्न नसकेपछि शनिबार १२ बजे सम्मका लागि स्थगित भएको प्रकाशले जानकारी दिए ।
 
जन्म दिनको खुसीयालीमा रहेका प्रकाशले अध्यक्षकै शैलीमा भूमिका बाँधेर बोल्न थालेको धेरै भएको छैन । पछिल्लो समय दाहाललाई सामाजिक संजालमा सक्रिय गराउन महत्वपूर्ण भूमिका खेल्न थालेपछि प्रकाश शैली समेत फेरिएको हो । पहिले उनले छोटो निकै हतार भए जस्तो छोटो बोल्थे । भूमिका बाँध्ने गरेका थिएनन् । 
 
बैठकमा सरकारबारे छलफल हुन्छ  प्रवक्ता भूषाल 
माओवादी केन्द्रका केही नेताहरुले आफुहले गरेका गोप्य छलफल लुकाएपनि पार्टी प्रवक्ता पम्फा भूषालको भनाईबाट माओवादी सरकार फेर्ने खेलमा लागेको संकेत मिल्दछ । उनले हाम्राकुरासंग भनिन्, ‘समसामयिक विषयबारेको छलफल भनेकै सरकार गठन लगायत राजनीतिक सहमतिकै विषय हो ।’ यसबारे साथीहरुले बाहिर जे जति कुरा गरेपनि बैठक बसेरै छलफल भएको छैन ।
 
केन्द्रीय कार्यालयको बैठक समेत विभिन्न कारणले सर्दै आएको छ । बैठक बसेपछि सामसामयिक विषयमा छलफल हुन्छ । यद्यपि, माओवादी केन्द्रका बाहिर छलफलमा हिड्ने नेताहरुले विषय लुकाउने गरेका छन् । माओवादी नेताहरुले वैशाख २३ मा एमालेसंग भएको सहमति अक्षरसः पालना नभए बजेट समेत पारित गर्न नदिने निष्कर्षमा पुगेका छन् । बजेट अघि र पछि सरकारलाई निकै कठिन परिस्थिति सिर्जना हुने देखिएको छ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ