arrow

अन्तिम खेललाई स्मरणीय बनाउँदै भित्रायो म्यानचेस्टर सिटीले उपाधि, यस्तो छ समग्र नतिजा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १० सोमबार
mancity-title-2021.JPG

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलको जारी सिजन सकिएको छ । आइतबार राति एकै समयमा अन्तिम चरणका १० खेल भएसँगै सिजन सकिएको हो । 

तीन खेलअघि नै च्याम्पियन बनेको म्यानचेस्टर सिटीले सिजनको आफ्नो अन्तिम खेलमा शानदार र स्मरणीय जित निकाल्दै ट्रफी भित्र्याएको हो । सिटीले एभर्टनलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एक एक गोल गरे ।

सिटीले उपाधि जित्ने क्रममा यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो ।

अन्य खेलको नतिजा 
आर्सनल २–० ब्राइटन
एस्टन भिल्ला २–१ चेल्सी
फुल्हम ०–२ न्यूकासल युनाइटेड
लिड्स युनाइटेड ३–१ वेष्टब्रोम
लेस्टर सिटी २–४ टोटनह्याम हट्सपर
लिभरपुल २–० क्रिष्टल प्यालेस
शेफिल्ड युनाइटेड १–० बर्नली 
वेष्टह्याम युनाइटेड ३–० साउथह्याम्पटन
वुल्भरह्याम्टन १–२ म्यानचेस्टर युनाइटेड

अन्तिम अंक तालिका
८६ अंकसहित म्यान्चेस्टर सिटी पहिलो, ७४ अंकबाट म्यान्चेस्टर युनाइटेड दोस्रो, ६९ अंकबाट लिभरपुल तेस्रो, ६७ अंकबाट चेल्सी चौथो, ६६ अंकबाट लेस्टर पाँचौं, ६५ अंकबाट वेष्टह्याम छैटौं तथा ६२ अंकबाट टोटनह्याम सातौं भयो । 

शीर्ष चारले च्याम्पियन्स लिग, पाँचौं र छैटौंले युरोपा लिग खेल्ने पाउने छन् । 

फुल्हम, वेष्टब्रोम र शेफिल्ड रेलिगेशनमा परे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ