arrow

शिक्षामन्त्रीबाट घटनाको छानबिन गर्न निर्देशन

logo
प्रकाशित २०७३ असार १७ शुक्रबार
Giriraj.jpg.jpeg
काठमाडौँ। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ललितपुरको टौखेलस्थित पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु र केही घाइते भएको घटनाको तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । 
 
घटनास्थल अवलोकन र अस्पतालमा उपचाररत घाइते विद्यार्थीको अवस्था बुझेपछि मन्त्री पोखरेलले अस्पतालबाटै शिक्षा मन्त्रालयका सचिव विश्वप्रकाश पण्डितलाई टेलिफोन गरी सो निर्देशन दिएका हुन् । 
 
ललितपुरको टौखेलस्थित पुष्पाञ्जलि बोर्डिङ स्कुल नजिकै रहेको पर्खाल भत्किँदा दुईजना विद्यार्थीको मृत्यु भएको थियो । घाइते २६ मध्ये चारको अवस्था गम्भीर छ । 
 
घाइते विद्यार्थीलाई पाटन अस्पताल र बिएन्डबी अस्पतालमा उपचार गराइएको छ । साँझ ती अस्पताल पुगेका  मन्त्री पोखरेलले मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे । 
 
मन्त्री पोखरेलले गृहमन्त्री शक्तिबहादुर बस्नेतलाई पनि फोन गरी घटनालाई गम्भीरतापूर्वक हेरिदिन आग्रह गरेको उनको प्रमुख स्वकीय सचिव जागृत रायमाझीले जानकारी दिए । 
 
अविरल वर्षाले विद्यालयसँगै रहेको जग्गा प्लटिङको पर्खाल भत्किएर बगेर आउने क्रममा विद्यालयको टहरा भत्किएर कक्षामा अध्ययनरत विद्यार्थीलाई थिचेको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ