काठमाडौं एक गोलले पछि परेको स्थितीलाई उल्टाउँदै वेल्स बेल्जियमलाई ३-१ गोलल पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। .वेल्सले सेमीफाईनलमा पोर्चुगलको सामना गर्ने छ।
पोर्चुगलका स्टार क्रिष्टियानो रोनाल्डो र वेल्सका स्टार गारेथ बेल दुवै स्पेनी क्लब रियाल मड्रिडबाट खेल्ने गर्छन्। एउटै क्लबका स्टार खेलाडीहरु बिचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ। विश?वका दुई उत्कृष्ट र महंगा खेलाडी आमने सामने हुनेछन्।
प्रतियोगिताको उपाधि बिजेताका रुपमा हेरिएको बेल्जियमलाई पहिलो पटक युरो खेलीरहेको वेल्सले पराजित गर्दै सनसनी मच्चाएको छ।
खेलको १३औं मिनेटमा बेल्जियमका राजा नईनगोलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। बेल्जियमले आख्रमक शुरुवात गरेता पनि उक्त लय कायम राख्न नसक्दा खेल वेल्सको पक्षमा पुगेको थियो।
३१औं मिनेटमा वेल्सका कप्तान एस्ले विलियम्सले गोल गर्दै खेल १-१ गोलको स्थितीमा ल्याएका थिए। रोब्सन कानुले ५५औं मिनेटमा गोल गर्दै खेलमा २-१को अग्रता दिलाएका थिए भने ८६औं मिनेटमा साम भोक्सले तेस्रो गोल गर्दै बेल्जियमको खेलमा फर्किने संभावनामा ताला लगाईदिएका थिए।