arrow

सर्पले डसेर एकजनाको मृत्यु

logo
प्रकाशित २०७३ असार १८ शनिबार
snakebite.jpg.jpeg
गाईघाट । गत मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ । 
 
उदयपुर जिल्लाको जोगिदह गाविस–४ घर भई गाईघाट–२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको हो । 
 
आफ्नो घर जोगिदहमा गएर भान्साघरको चुलो लिपपोत गर्ने क्रममा चुलोमुनि प्वालमा लुकिरहेको गोमन सर्पले चौधरीलाई डसेको थियो । 
 
सर्पले डसेलगत्तै चौधरीलाई उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि विराटनगर लगिएको स्थानीय दीपक चौधरीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ