arrow

आज पनि मुलुकभर वर्षा हुने, ठाउँठाउँमा पहिरोले अवरोध, धादिङका १९ जनाको अझै उद्दार भएन

logo
प्रकाशित २०७३ असार १८ शनिबार
pahiro.jpg.jpeg
काठमाडौं । मुलुकका अधिकांश भागमा शनिबार पनि बर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि मौसममा सुधार हुने जनाएको छ । वर्षापछि बाढी पहिरोले भने निकै ठूलो क्षति पारेको छ । कतिपय स्थानमा पहिरोकै कारण मानिसहरु अलपत्र परेका छन् । धादिङको री गाउँमा पहिरोले सडक अवरुद्ध भएपछि दुई दिनदेखि १९ मानिसहरु जंगलमै थुनिएका छन् । शुक्रबार दिनभर उद्दारको प्रयास भए पनि खराव मौसमका कारण उद्दार हुन सकेन । स्थानीय प्रशासनले हेलिकप्टरमार्फत उद्दार गर्न खोजे पनि त्यो सफल हुन नसकेको स्थानीय प्रशासनले जनाएको छ । 
बर्षापछि आएको पहिरो र पर्खाल भत्किएर शुक्रबारमात्र ललितपुरमा दुई तथा दार्चुलामा दुई जनाको मृत्यु भएको थियो । एक जना बेपत्ता छन् भने ललितपुरको स्कुलमा भएको घटनामा ३ कक्षामा अध्ययनरत दुई बालिकाको मृत्यु हुनुका साथै तीन जनाको अवस्था गम्भीर छ । घाइते अन्य १४ जनाको अवस्था सामान्य छ । 
नदीहरुमा पानीको बहाव बढेसंगै पूर्वदेखि पश्चिमसम्मै तनाब बढेको छ । विभिन्न राजमार्गहरु पहिरोका कारण बन्द भएका छन् । पहिरो हटाउँदै सवारी चलाउने काम भइरहेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको पहिरो हटाउँदै सवारी चलाउने काम भइरहेको छ । पूर्ण रुपले सडक खुल्न सकेको छैन । यसैबीच मुग्लिन नारायणगढ सडकखण्डअन्तरगत चितवनको चन्डिभञ्ज्याङ गाविस–५ स्थित खहरे खोला नजिक पहिरोसँगै खसेको ढुङ्गा लागेर दुई जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ । 
 
चितवनमा शुक्रबार पूर्ण रुपले ठप्प सडक शनिबार भने सुचालु भएका छन् । 
 
शुक्रबार मुग्लिनबाट नारायणगढ आउँदै गरेको ना१क १८६४ नम्बरको निजी ट्रकमा पहिरोसँगै खसेको ढुङ्गा लागेर चालक र सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ