arrow

विद्यार्थी कुट्ने प्रधानाध्यापक नै पक्राउ, नपक्रन राजनीतिक दबाब

logo
प्रकाशित २०७३ असार १८ शनिबार
teachers-day.jpg.jpeg
पाँचथर । विद्यार्थीलाई कुटपिट गरेपछि पाँचथरको एक निजी विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचथर थर्पुस्थित साइनिङ स्टार लोवर सेकेन्डरी इङ्लिस स्कुलका प्रधानाध्यापक ईश्वरीप्रसाद सापकोटा रहेका छन् । उनले ताप्लेजुङ आम्वेगुदीन–९ घर भई सोही स्कुलमा कक्षा २ मा आवासीय रुपमा बसेर पढ्दै गरेका ८ वर्षीय रचित विष्टलाई  ‘अक्षर’ नराम्रो भएको भन्दै ट्युसनकक्षामै निर्घात कुटपिट गरेका थिए ।
बालकलाई अक्षर राम्रो नभएको भन्दै विद्यार्थीकैमाझमा बाँसको लाट्ठीले हातपाखुरा तथा खुट्टाका विभिन्न भागमा निलडाम हुने गरी निर्धात कुटपिट भएको थियो । कुटपिटबाट घाइते भएका बालकलाई अरुलाई भनेमा पुनःकारबाही गर्ने भन्दै मानसिक यातना समेत दिएको र घटना भएको भोलिपल्ट मलहम लगाएर फर्काएको बालकका आफन्तले बताए । 
 
बच्चाले कुटाई खाएको भोलिपल्ट अन्य अभिभावकबाट थाहा पाएर आउनुभएकी बच्चाकी आमा दिलमायाँ विष्ट अहिले कानुनी प्रक्रियासहित बच्चाको उपचारको लागि फिदिम आएकी छिन् । उनले आफूलाई सामान्य घटना भएको भन्दै कानुनी प्रक्रिया अघि नबढाउन केही राजनीतिक दलका नेतासहित केही कानुन व्यवसायीले समेत दबाब दिएको बताइन् ।  
 
कुटाइको कारण ज्वरोले थलिएको बच्चाको उपचारसहित कुटपिटमा संलग्न प्रधानाध्यापकलाई कानुनी कारबाहीको माग गर्दै उनले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन समेत गरेपछि प्रधानाध्यापक सापकोटालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रधानाध्यापक आफैँले “गल्ती भयो माफ दिनुस् बरु दुई महिनाको स्कुलको फि मिनाहा गरिदिन्छु” भन्दै उम्कन खोजेको बालककी आमा दिलमायाले बताइन् ।
बच्चालाई कुटपिट गरेको निवेदनअनुसार सार्वजनिक अपराध मुद्दाअन्तर्गत म्याद थप गरी कानुनी कारबाही प्रक्रिया सुरु भएको प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । बालमैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने तथा दण्डरहित अध्यापन गरिनुपर्ने माग र बहस चलिरहेका बेला पाँचथरमा पटकपटक यस प्रकारका घटना हुने गरेका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ