arrow

ओलम्पिक खेलाडीलाई सशक्त बनाउन ‘ह्वयर अबाउट’ अभियानमा एनओसी

logo
प्रकाशित २०७३ असार १८ शनिबार
reeeeeeeee.jpg.jpeg
काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीले ५ अगष्टदेखि २१ अगस्टसम्म ब्राजिलको रियो दि जेनेरियोमा हुने ओलिम्पक खेलमा सहभागिताका लागि तयारीदेखि प्रशिक्षणलगायतको अवलोकन तथा अनुगमन गर्ने जिम्मेवारी एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठलाई दिएको छ ।
एनओसीको भवन ललितपुरको सातदोबाटोमा रियो ओलम्पिकमा सहभागी ५ खेलका ७ खेलाडी, प्रशिक्षक र सम्बन्धित संघका प्रतिनिधिसँगको बैठकले व्यवस्थित र प्रभावकारी तयारीका साथ ओलम्पिकमा सहभागी गराउने विषयमा छलफल गरिएको छ ।
 
एनओसीले ओलम्पिकमा सहभागिताका लागि हालसम्म छनोट खेलाडीलाई ‘ह्वयर अबाउट’ फाराम भरेर खेलाडी कहाँ के गरिरहेका छन् भनेर अनुगमनसमेत नियमित रुपमा गरिने निर्णय भएको छ । यसले खेलाडीलाई ट्रयाकबाहिर जान नदिने एनओसीको अड्कल छ । ओलम्पिकमा सहभागी हुने खेलाडीको हालसम्मको प्रशिक्षण, प्रशिक्षण सामग्री, स्वास्थ्यस्थितिलगायतको विषयमासमेत नियमित रुपमा प्ररिक्षण गरिने भएको छ । ओलम्पिकमा सहभागी हुने डाक्टर सरोजकृष्ण श्रेष्ठकोसमेत उपस्थिति रहेको  थियो । 
 
स्वस्थ र स्वच्छ रुपमा ओलम्पिकमा खेलाडी सहभागी गराउने उद्देश्यले एनओसीले समयमा खेलाडीमा ध्यान केन्द्रित गर्न लागेको हो ।
रियो ओलम्पिकमा वाइल्डकार्डमार्फत सहभागी हुने निश्चित भएकी तेक्वान्दोकी निशा रावल, जुडोकी फुपु ल्हामु खत्री यतिबेला वैदेशिक प्रशिक्षणमा छन् । 
 
अन्य खेलाडीहरुले भने नेपालमा नै प्रशिक्षण लिइरहेका छन् । आर्चरीका जितबहादुर मोक्तान, एथलेटिक्सकी सरस्वती भट्टराई र हरिकुमार रिमाल, पौडीका शिरिष गुरुङ र गौरिका सिंह रहेका छन् । गौरिका लन्डनमा रहेकी छन् । त्यसैगरी रियोमा सहभागी हुने सम्बन्धित खेलका प्रशिक्षकहरुलाईसमेत विशेष जिम्मेवारीबोध गराउने उद्देश्य ओलम्पिकले लिएको छ । रियोमा सहभागी हुने प्रशिक्षकहरुमा तेक्वान्दोतर्फ संगीना बैद्य, एथलेटिक्सतर्फ पुष्पराज ओझा, पौडीतर्फ ईश्वर कार्की, आर्चरीतर्फ दीपक गुरुङ र जुडोतर्फ देवु थापा रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ