arrow

ढाकामा आतंकबादी हमला, दुईको मृत्यु, ३० घाइते, ४० बन्धक

logo
प्रकाशित २०७३ असार १८ शनिबार
bbbbbbbbbb.jpg.jpeg
ढाका । बंगलादेशको राजधानी ढाकामा आतंकवादी आक्रमण भएको छ । ढाकाको गुलसन एकेडेमिक क्षेत्रको एक क्याफेमा आतंकबादी समूहले झण्डै ४० जना विदेशीलाई बन्धक बनाएको छ । गोली हानाहान हुँदा दुई प्रहरी मारिएको र ३० जना घाइते भएको खबर छ । ८÷९ जनाको संख्यामा रहेकाहरुले गराएको घटनाको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ । 
 
शुक्रबार राति बन्धक बनाइएपछि शनिबार बिहानदेखि नै सुरक्षाकर्मीले बन्धकलाई मुक्त गर्ने प्रयास गरिरहेको छ । तर पूर्ण रुपले सफल भने अझै हुन नसकेको रेपिड एक्सन फोर्सका कर्णेल काजी मोहम्मदले बताएका छन् ।  
 
केहीलाई भने फोर्सले सकुशल उद्धार गर्न सफल भएको छ । उक्त घटनामा सात जना इटालीका, पाँच जना जापानी, एक भारतीय युवती लगायत बन्धक बनेको भारतीय तथा बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ