arrow

बन्धक १३ जनाको बंगलादेशी प्रहरीद्वारा उद्दार, २०जनाको आतंककारीले गरे हत्या

logo
प्रकाशित २०७३ असार १८ शनिबार
bangladeshi_capital_dhaka_640x360_ap_nocredit.jpg.jpeg
एजेन्सी । बगलादेशी प्रहरीले बन्धक बनाइएका मध्ये १३ जनाको उद्दार गरेको छ ।  बिबिसिका अनुसार, राजधानी ढाकास्थित रेष्टुरेन्टलाई नियन्त्रणमा लिएर इस्लामिक इस्टेटद्वारा बन्धक बनाइएकामध्ये करिब ४ विदेशी सहित १३ जनाको उद्दार गरेको हो । बन्धुकधारीले शुक्रबार ढाकास्थित एक रेष्टुरेन्टमा छिरेर  कम्तिमा  २० विदेशी सहित ३५  जनालाई बन्धक बनाएका छन् । बंगलादेशको सेनाका एक अधिकारीलाई उदृत गर्दै संवाददाताले दिएको जानकारी अनुसार आतंककारीहरुले बन्दक बनाएका २० जनाको गोली हानी हत्या गरेका छन्। 
बगलादेशको स्थानीय टेलिभिजनका अनुसार उद्दार विहान ७:४० बाट सुरु भएको हो।  बन्धक बनाइएकाहरुलाई मुक्त गर्ने क्रममा २ जना प्रहरीको मृत्यु भएको छ  भने अन्य ३० जना घाइते भएका छन्। जेहादी गतिविधि हेर्ने एसआईटीई इन्टेलिन्जेन्स समुहका अनुसार, चरमपन्थी संगठन इस्लामिक स्टेटले सो घटनाको जिम्मेवारी लिएको छ। घटना भएको क्याफेमा बढीजसो कुटनीतिक नियोगका कर्मचारी र विदेशी जम्मा हुने गरेको बताइएको छ।  
 
एक प्रहरी अधिकारीका अनुसार गोलीबारी साझँ साढ़े आठ बजेबाट सुरु भएको हो। घटनास्थलमा भएका एक प्रहरीका अनुसार प्रहरी घटनास्थल छिर्दा बन्धुकधारीहरुले गोली र ग्रिनेड प्रहार गरेका थिए। टेलिभिजन दृश्यमा देखिएअनुसार घटनास्थलबाट बाहिरिएका थुप्रै प्रहरीको लुगा र मुहारमा रगत लागेको छ। रेष्टुरेन्टको वरपर धेरै संख्यामा प्रहरी परिचालन भएको देखिन्छ। रेष्टुरेन्टमा बन्धक बनाइएका अन्य व्यक्तिहरुको परिचय खुलिसकेको छैन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ