arrow

अनुदानमा अलौचीका विरुवा वितरण

logo
जीवन शर्मा,
प्रकाशित २०७३ असार १८ शनिबार
alichi.jpg.jpeg
ओखलढुंगा।ओखलढुंगाका किसानलाई ५० प्रतिशत अनुदानमा अलैंचीका बेर्ना वितरण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले व्यवसायिक अलैंची खेती गर्ने किसानलाई १ लाख ७० हजार बोट बेर्ना वितरण गरेको हो ।
 
ओखलढुंगाको रावादोलु, भूसिंगा, पात्ले, श्रीचौर, माम्खा, अधेरीनारायणस्थान लगायतका गाविसमा व्यवसायिक अलैंची खेति हुँदै आएको छ । अलैंचीका पुराना बोटबाट बेर्ना सार्दा रोेगको महामारी फैलिने भएकाले नयाँ बेर्ना उमारेर किसानलाई अनुदानमा दिइएको जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्ला कृषि विकास कार्यालयका कृषि प्रशार अधिकृत राजेश्वर सिलवालका अनुसार रामशाही र गोलशाही जातका अलैंचीका विरुवा वितरण गरिएको छ । 
 
एक नम्बर नगदेबालीका रुपमा परिचित अलैंची खेतिलाई व्यवसायिक विकास गर्न किसानहरुलाई प्रोत्साहन गर्न बेर्ना अनुदान दिइएको बताइएको छ  । किसानहरुको माग अझै धेरै भएकोले थप १० हजार बेर्ना खरिद गरि वितरणको तयारी गरिएको सिलवालले जानकारी दिए । ओखलढुंगाको अधेरी नारायणणस्थान, भूसिंगा र रावादोलुमा नर्सरी स्थापना भए पनि प्रभावकारी नभएपछि इलामबाट बेर्ना झिकाएर वितरण गरिएको जिल्ला कृर्षि विकास कार्यालय ओखलढुंगाले जनाएको छ । 
 
यसै विच ओखलढुंगाका ६ वटा गाविसमा तरकारी नर्सरी घर स्थापना हुने भएका छ । जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाले खिजी फलाटे, टार केराबारी, फुलबारी, ओखलढुंगा, प्राप्चा र कटुञ्जे गाविसमा तरकारी नर्सरी घर स्थापना गर्न लागेको हो । किसानलाई व्यवसायिक रुपमा कृषि गर्न प्रोत्साहन गर्ने उद्देश्यले तरकारी नर्सरी स्थापना गरी सहयोग गर्न लागेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
 
जिल्ला दैवि प्रकोप उद्धार समितिको बैठकमा कृषि विभागबाट विनियोजन गरिएको बजेट कार्यान्वयन गर्न नर्सरी घर स्थापना गर्ने गाविस छनौट गरिएपछि जिल्लामै पहिलो पटक ६ स्थानमा नर्सरी घर स्थापना हुन लागेका हुन् । नीतिगत निर्णय भएकाले तत्कालै योजना कार्यन्वयनमा आउने जिल्ला कृषि विकास कार्यालय ओखलढुंगाका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद अधिकारीले बताए ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ