arrow

त्रियुगा उद्योग वाणिज्य संघको निर्वाचनमा भगत प्यानललाई समर्थनको लहर

logo
प्रकाशित २०७३ असार १८ शनिबार
triyuga-fncci.jpg.jpeg
गाईघाट । त्रियुगा उद्योग वाणिज्य संघको शनिवार भएको नयाँ नेतृत्वको चयनको लागि गजेन्द्र कुमार भगतको प्यानललाई समर्थन जुट्दै गएको छ । उनको प्यानललाई उद्योगी व्यवसायी, सामाजिक  क्षेत्र देखि राजनैतिक दलहरुले समेत संयुक्त रुपमा समर्थन गरेका छन्। 
 
उनले काम गरेको आधारमा उनलाई राजनैतिक प्रलोभनमा भन्दा पनि व्यवसायीक हितको लागि भन्दै व्यवसायी देखि राजनितिकर्मीले सम्म समर्थन गरेका छन् । उनी अध्यक्ष निर्वाचित भए संगै संस्थागत विकास देखि सामाजिक क्षेत्रको काममा क्रियाशिल रहेको पाईन्छ । त्रियुगा नगरपालिका क्षेत्रलाई प्लाष्टिकमुक्त नगर बनाउने, तरकारी बजारलाई व्यवस्थीत गर्ने, बसपार्क व्यवस्थीत गर्ने, अतिथि सदनको निर्माणको लागि पहल गर्ने देखि लिएर विभिन्न रचनात्मक काम गरेकाले उनको लागि समर्थन जुटेको व्यवसायीहरु बताउछन् । 
 
राजनैतिक स्वार्थ भन्दा माथि उठेर व्यवसायीको हितको लागि लागेका भगत नेतृत्व स्थापित गराउनका लागि व्यवसायीहरुको समर्थन बढेको हो । युवा व्यवसायीहरुको संगठीत भएको समुह एलसेभेन ग्रुप र जेसिज उदयपुरले उनलाई समर्थन गरेका छन् । एलसेभेन र जेसिजमा गाईघाटका एक सय बढि युवा व्यवसायीहरु संगठीत छन्, युुवा भएकाल काम गरेको आधारमा हामी भगत जीको प्यानललाई समर्थन गरेका हौ जेसिज उदयपुर अध्यक्ष एकराज बस्नेतले भने । 
 
भगत नेतृत्वले विभिन्न रचनात्मक काम संगै व्यवसायीक हितको लागि काम गरेकाले  उनलाई सहयोग गर्नु सबै व्यवसायीहरुको लागि हित हुने व्यवसायी ससी लामा बताउछिन् । भगत प्यानललाई पूर्व प्रहरी संगठन उदयपुरले पनि समर्थन गरेको छ । एक सय बढि पूर्व प्रहरीहरु व्यवसायी भएका छन्, ती व्यवसायीहरुले भगतलाई समर्थन गरेका छन् । पूर्व प्रहरी संगठन उदयपुरले बिहिबार कार्य समितिको बैठकले भगत प्यानललाई सहयोग गर्ने निर्णय गरेको पूर्व प्रहरी संगठन उदयपुरका सचिव शंकर विष्टले जानकारी दिए । 
 
यता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, फोरम गणतान्त्रिक लगायत मधेशवादी दलहरुले विहिबार संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै गजेन्द्र कुमार भगतको प्यानललाई समर्थन गरेका छन् । दलहरुले गजेन्द्र भगतलाई राजनैतिक व्यक्ति भन्दा पनि व्यवसाहिक हितमा उदार भएर लागेकाले उनलाई जिताउनुको विकल्प नभएको निष्कर्शमा पुग्दै समर्थन गरेको नेपाली कांग्रेस उदयपुर २ नम्बर क्षेत्रीय सभापती बसन्तकुमार बस्नेतले जानकारी दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ