arrow

महादेवडाँडामा किबीको व्यावसायिक खेती सुरु

logo
प्रकाशित २०७३ असार १८ शनिबार
kiwi-farming-nepal.jpg.jpeg
सिन्धुली । सिन्धुली जिल्लाको पूर्वी गाविस महादेवडाँडामा किबीको व्यावसायिक खेती र किबी उत्पादन सुरु भएको छ । महादेवडाँडा–४ दमारका रामकुमार कार्कीले झन्डै तीन बिगाहा जमिनमा एक हजार ५०० भन्दा बढी किबीको बिरुवा रोपेर व्यावसायिक उत्पादन सुरु गरेका छन् । गत वर्षबाट नै उनको बगैँचामा किबीको उत्पादन सुरु भइसकेको कार्कीले बताए । 
 
कार्कीले किबीको फल मात्र हैन बिरुवा समेत उत्पादन गर्ने गर्छन् । गत साल पाँच क्वीन्टल किबी बेचेका कार्कीले यसवर्ष भने राम्रो उत्पादन भएकाले राम्रो कमाइ हुने आशा व्यक्त गरे । 
 
कार्कीले यसवर्ष किबीका एक हजार भन्दा बढी बिरुवा उत्पादन र बिक्री गरेको बताउछन् । बिरुवाको माग अधिक रहेकोले बिरुवा उत्पादन सुरु गरेको हुँ ’ उनले भने “किबीको प्रति बिरुवा रु ३०० देखि रु ३५० मा बिक्री हुन्छ ।” उनको किबी खेतीबाट प्रभावित बनेर जिल्लाका अन्य गाविसका किसानले समेत किबीको व्यावसायिक खेती सुरु गर्न थालेका छन् । 
 
कार्कीले व्यावसायिक रुपमा किबी खेतीका साथै विभिन्न नगदेबाली र जडीबुटीको खेती सुरु गरेका छन् । बगैँचामा करिब एकहजार ५०० बोट किबी छन्, भने किबी बाहेक स्याउ, ग्राउन एप्पल, बोझोलगायतको व्यावसायिक खेती गरिएको छ । महादेवडाँडा गाविसकै अन्य किसान र तोस्रामखोला, रतनचुरालगायत गाविसका किसानले पनि व्यावसायिक रुपमै किबीखेती सुरु गरिसकेको कार्कीले बताए  । 
 
किबीलाई बहुउपयोगी फल मानिन्छ । यस फलको बजार मूल्य प्रतिकिलो रु ५०० देखि रु १२ सय सम्मपर्ने गर्दछ । विभिन्न १२ प्रकारका फलको स्वाद एकै फलमा पाइने किबीको बिरुवा पुस महिनामा रोप्न सकिने कृषि प्राविधिकको भनाइ छ । रोपेको तीन वर्षबाट उत्पादन दिन सुरु गर्ने किबीको बिरुवाले लगातार ५० वर्षम्म राम्रो उत्पादन दिने बताइएको छ । 
 
उत्पादन र आम्दानीका हिसाबले किबीखेती राम्रो मानिए पनि यसको सम्भावना रहेका स्थानमा पनि किबीखेती गर्न सकिए आयस्तर उकास्नुका साथै खाली जमिनको पनि सदुपयोग गर्न सकिने छ । किबीखेतीको उत्पादन र व्यवसाय वृद्धिमा सम्बन्धित निकायले बेलैमा चासो देखाउनु आवश्यक देखिन्छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ