arrow

नजिता मूलक शैक्षिक प्रणाली लागु गरिने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
Education-ministry.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा वक्तव्यमा मानव पुँजीको आधारका रहेको शिक्षालाई दक्ष र गुणस्तरीय बनाउन अनुकूल वातावरण निर्माण गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सो बजेटमा नजिता मूलक शैक्षिक प्रणाली लागु गर्ने, शैक्षिक नतिजाका आधारमा सामुदायिक विद्यालयलाई अनुदान दिने, सामुदायिक विद्यालयको पूर्वाधार विकासका लागि रु १० अर्बको ‘राष्ट्रपति शैक्षिक सुधार पूर्वाधार कार्यक्रम’ समावेश छन्।

यस्तै वैकल्पिक सिकाइ पूर्वाधारमा क्रान्ति ल्याइ तथा त्यस्तो सिकाइको कार्य योजना कार्यान्वयन गर्ने, विद्यार्थीलाई इन्टरनेट पहुँच विस्तारमा सहयोग, आधारभूत तहमा भर्ना दर शतप्रतिशत बनाइने, रङ्गिन पाठ्यपुस्तक उत्पादन र वितरण, प्रारम्भिक बाल विकासका सहजकर्ता र विद्यालय कर्मचारीको मासिक सुविधा रु १५ हजार बनाइने, कक्षा पाँच सम्मका विद्यार्थीको दिवा खाजा, शिक्षक दरबन्दी मिलान, दुई वर्षभित्र सबै सामुदायिक विद्यालयमा निःशुल्क बोर्ड ब्याङ्क स्थापना, शैक्षिक च्यानल सञ्चालन, छात्राहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण, एक विद्यालय : एक स्वास्थ्यकर्मी, थप १३ हजार विद्यालयमा स्काउट विस्तार, थप तीन नयाँ विश्वविद्यालय स्थापना, स्नातकमाथिका युवालाई अधिकतम पाँच प्रतिशत व्याजमा रु पाँच लाखसम्मको सहुलियत ऋणजस्ता कार्यक्रम बजेटमा समावेश गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ