arrow

सेयर बजार ३८ अङ्कले वृद्धि, आठ अर्ब बढीको कारोबार

logo
प्रकाशित २०७३ असार १८ शनिबार
Nepal-Stock-exchange.jpg.jpeg
काठमाडौँ। सेयर बजारमा यो साता ३८ अङ्कले बढोत्तरी भई रु आठ अर्ब ३८ करोड बराबरको कारोबार भएको छ।
 
सेयर बजारको मापक निकाय नेपाल स्कट एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३८ अङ्कले बढेर एक हजार ७२३ अङ्कमा पुगेको हो। क वर्गका कम्पनीको मापन गर्ने सेन्सिटिभ इन्डेक्स समेत आठ अङ्कले बढेको छ। विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ। स्टकका अनुसार विकास बैंक समूह ८० अङ्कले बढेको हो।
 
यस्तै बिमा समूह पनि बढ्ने क्रममा नै रह्यो। सो समूह ७३, जलविद्युत् ३९, वाणिज्य बैंक ३६, फाइनान्स २४, होटल १७, उत्पादनमूलक क्षेत्र १३ तथा व्यापार र अन्य समूह एक एक अङ्कले बढेको स्टकले जनाएको छ।
 
कुल १५० कंको कारोबार भएको यो सातामा कारोबार रकम भने रु आठ अर्ब ३८ करोड नौ लाखको भएको छ । उक्त कारोबार रकम अघिल्लो साताको तुलनामा करिब सात प्रतिशतले बढी हो। यो साता दुई करोड २८ लाख कित्ता सेयर खरिद बिक्री भएको स्टकको तथ्याङ्कमा उल्लेख छ।
 
यसै साता जलविद्युत् लगानी तथा विकास कंको १० करोड कित्ता सेयर सूचीकृत भयो भने मेरो माइक्रोफाइनान्सको २० लाख कित्ता सेयर पनि बजारमा आएको छ। जलविद्युत् कंले सार्वजनिक सूचनामार्फत नै सेयर स्टकमा सूचीकृत भएको जनाएको थियो। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ