arrow

डोको डालो बिक्री नहुँदा छाक टार्नै समस्या

logo
राम धामी,
प्रकाशित २०७८ जेठ १७ सोमबार
doko-ddl.JPG

डडेलधुरा । लामो समयको निषेधाज्ञाका कारण उत्पादित सामग्री बिक्री नहुँदा परम्परागत रूपमा बाँस, निगालो डोको डाला बनाउने दलित समुदायलाई छाक टार्नै मुस्किल परेको छ । 

बास निगालोबाट उत्पादन गरिएका सामाग्रीहरू बिक्री नहुँदा घरमै थन्क्याउनु परेकाले अमरगढी नगरपालिका–७ तिलाडी गाउँका दलित समुदायलाई छाक टार्न समस्या भएको छ । कोरोना भाइरस महामारीको सङ्क्रमण बढ्दै जाँदा गत वैशाख १६ गतेदेखि डडेलधुरामा निषेधाज्ञा जारी छ । यही जेठ २२ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । 

कोरोना महामारीको सन्त्रासका कारण रोजगारीका लागी भारत लगायत अन्य मुलुक र देशका विभिन्न सहर बजार पुगेकाहरू घर फर्किएका छन् । निषेधाज्ञाका कारण गाउँघरमा मजदुरी गरेर खाने अवस्था पनि छैन । कामकाज बन्द भएकोले ग्रामीण क्षेत्रमा कुनै पाउन नसकिएको स्थानीय बताउँछन् 

। यसैमा परम्परागत पेशा अँगाल्दै बाँस र निगालोबाट घरायसी सामाग्री बनाई गाउँ गाउँ पुगेर बिक्दिगर्दै जीविकोपार्जन गर्ने दलित समुदायलाई उत्पादन गरेका सामाग्री बिक्री नहुँदा छाक टार्न समस्या उत्पन्न भएको हो ।

बाँस, निगालोबाट बनाइएका डोको डालो, नाङ्लो लगायतका घरायसी सामाग्रीहरू बिक्री गर्न नपाउँदा तिलाडी गाउँका करिब एक सय बढी दलित समुदायका घरधुरीलाई छाक टार्न समस्या भएको स्थानीय कृष्ण पार्कीले बताए । 

निषेधाज्ञापछि तिलाडी गाउँका दलित समुदायले बनाएका डोका, सुप्पा, नाङ्लो, डालो लगायतका घरायसी सामाग्रीहरू घरमै थन्काएर राखेका छन् । डडेलधुरासहित सुदूरपश्चिमका जिल्लामा लागु गरिएको निषेधाज्ञाका कारण दलित समुदाय उत्पादन गरेका सामाग्री थन्किन पुगेका हुन । 

यातायात सञ्चालन नभएकाले बिक्रीका लागि गाउँ गाउँमा जान नपाउँदा तिलाडी गाउँका पार्की, कैनी जाती दलित समुदायले बाँस तथा निगालोबाट बनाएका डोका, सुप्पो, डालो, डुरो लगायतका सामाग्री घरमै थन्किएको स्थानीय बताउँछन् । 

जीविकोपार्जन गर्ने एक मात्र माध्यम बाँस निगालोका सामग्री बिक्री नहुँदा यहाँका पार्की र कैनी समुदायलाई जीविकोपार्जनमा समस्या भएको छ । गाउँमै रहेको सहकारी संस्थाले हप्तामा एक जना सेयर सदस्यबाट ६ वटा डोको डालोका साथै अन्य सामग्री किन्ने गरेको थियो । निषेधाज्ञा पछि सहकारीमा पनि सामग्री थन्किदा नयाँ खरिद गर्न नसकिने सहकारीले जनाएको छ ।

यहाँ बनाइएका सामग्री छिमेकी जिल्लाहरू डोटी र बैतडीकारसाथै तराईका जिल्लाहरू कैलाली, कञ्चनपुरमा बढी बिक्री गर्ने हुने गरेको सो पेसामा संलग्नहरू बताउँछन् । निषेधाज्ञापछि बिक्री वितरण ठप्प भएकाले हातमुख जोर्नै समस्या भइरहेको स्थानीयको गुनासो छ । 

पाँच सय रुपैयाँ देखि एक हजारका दरले बिक्री हुने बास निगालोका सामाग्री बनाउन यहाँका दलित समुदायका सर्वसाधारण जङ्गल चहारेर बास निगालो खोज्दै घरमा ल्याई सामाग्री निर्माण गर्ने गरेको बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ