arrow

शशाङ्क कोइरालाको जिल्लामा सहयोग, १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १७ सोमबार
sasank-sahayog.jpg

कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाको व्यक्तिगत खर्चमा नवलपुरमा १३ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोमबार जिल्लाको गैँडाकोट नगर अस्पताल , प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली, मध्य विन्दु जिल्ला अस्पताल , जिल्ला प्रहरी कार्यालय , ट्राफिक प्रहरी कार्यालय , बुलिङ्गटार प्राथमिक स्वास्थ्य केन्द्र नेपाल पत्रकार महासङ्घ नवलपुरलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

महामन्त्री कोइरालाले सोमबार जिल्लाका लागि ६ वटा अक्सिजन कन्सट्रेटर , १० वटा अक्सिजन सिलिन्डर  , २३ हजार  सर्किजल मास्क, फेस शिल्ड ५ सय ६० वटा, सेनिटाईजर २ य ३० लिटर , आइसियु बेड २ वटा, पिपिई २ सय ५० थान स्वकीय सचिव भरत तिवारी मार्फत जिल्लामा पठाएका हुन ।

स्वास्थ्य सामाग्रीहरू सोमबार नै सबै सङ्घसंस्थालाई हस्तान्तरण गरिएको काङ्ग्रेस नेता महेन्द्र पोख्रेलले बताए । नेपाली काँग्रेस कोभिड १९ समिति नवलपुरका संयोजक सुरज गुरुङले जिल्लाका अन्य पालिकामा  पनि क्रमैसँग सहयोग गरिने बताए । नेपाली काँग्रेस जिल्ला सचिव बालकृष्ण घिमिरेले काँग्रेसको सहयोग क्रमैसँग हुँदै जाने बताए !



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ