arrow

वेदको क्रिया जसलाई मानवले बाहिर आएर बिर्सन्छ

logo
ज्ञान,
प्रकाशित २०७८ जेठ १७ सोमबार
child-in-womb.jpg

काठमाडौँ । मन्दिरमा हामी चार काम विशेष रूपले गर्छौ । एक आरती गाइन्छ, आरतीको मतलब 'शब्द' हरूको उच्चारण गरिन्छ । दोस्रो आरतीको थालीमा दियो आदि जलाइन्छ अर्थात् 'शब्द' पछि हामी 'प्रकाश' उत्पन्न गर्छौ । फेरी मन्दिर भित्र घण्टी बजाउँछौ । मतलब 'नाद' लाई हामी स्थापित गर्छौँ । सबै गरेपछि हामी भगवान्को 'चरण मृत' लिन्छौ । भगवान्को चरणमा अमृतको पान गर्छौ । यी चार क्रिया जुन हामी गर्छौ यसको अर्थ विस्तारमा चार वेदमा गरिएको छ ।

भगवान्ले पनि नारद मुनीलाई जुन चार श्लोक मानवको कल्याणको लागि भागवतमा बताउनु भएको छ त्यसको पछि यिनै चार क्रियाहरू छन् जसको प्रतीक रूपमा हामी मन्दिरमा गर्छौ । मन्दिरमा पनि केवल हामी त्यहीसम्म सीमित रहन्छौँ तर ती चार चिजहरू चार अनुभूतिहरू आफ्नो हृदय स्थित मन मन्दिर भित्र खोज्ने प्रयास गर्दैनौ । परिणामस्वरूप हामी अघि बढ्न सक्दैनौ ।

चार वेद मध्ये ऋग्वेद प्रधान हो । जसमा हाम्रो सन्तहरूले 'शब्द ब्रह्मा' अर्थात् प्रभुको त्यो सत्य अविनाशी नामको चर्चा गरेका छन् । त्यसको स्तुति गाएका छन् जो सबैको घटमा विद्यमान छ ।

'शब्द ब्रह्म' पछि 'ज्योति' को भगवान्को प्रकाश स्वरूपको वर्णन आउँछ । यजुर्वेद भित्र जुन गायत्री मन्त्रको हामी उच्चारण गर्छौ त्यसमा पनि हामी भगवान्लाई 'ज्योति' स्वरूप नै बताउँछौ । सूर्यको ज्योति जब प्रकट हुन्छ तब सबै प्राणी जाग्छन् । यसै प्रकार आध्यात्मिक जागृतिको अर्थ आफू भित्र, त्रिकुटी महलमा ईश्वरको ज्योतिको दर्शन गर्नु हो । जसको प्रतीकमा हामी दियो जलाउँछौ ।

यसका साथै हामी घण्टी पनि बजाउँछौ , कीर्तन गर्छौ  अर्थात् नादलाई प्रकट गर्छौ । जसको वर्णन विस्तृत रूपमा साम वेदमा पाइन्छ । ईश्वरमा तद्रूप भएपछि एक साधक आफू भित्र नादलाई सुन्छ । त्यसको श्रवण गर्छ । हाम्रो आन्तरिक मन मन्दिरमा ईश्वरको यस्तो दरबार रहेको छ जहाँ बाजा-मृदङ्ग-ढोल, झांझ आदि निरन्तर बजिरहेको छ । जसलाई सुनेर मन यती मस्त हुन्छ कि मनले आफ्नो विषयरूपी विषलाई छोड्दछ ।

त्यसपछि 'अमृत' को 'दिव्य रस' को पान गर्छ जसको महिमा अथर्व वेदमा गरिएको छ । जो साधक ईश्वरमा तद्रूप हुन्छ । उ आफ्नो हृदयरूपी मन्दिर भित्र त्यो अमृतको पान गर्छ ।

यी चार चीजहरू गरेपछि व्यक्ति जन्म मरणको चक्रबाट मुक्त भएर ईश्वरको परम पद प्राप्त गर्छ । बाहिरको मन्दिरमा यी चार चीज सङ्केत रूप हुन् ।  जसले हामीलाई प्रेरणा दिन्छन्  कि हामी अघि बढेर आफ्नो आन्तरिक मन्दिरमा प्रवेश गरेर यी क्रियात्मक अनुभव गरौँ । भगवान् विष्णुको हातमा जुन चार चीज छन् ती पनि यिनैको प्रतीक हुन् । 'गदा' अर्थात् 'नाम', 'चक्र' अर्थात् ' प्रकाश', 'शंख' अर्थात् 'नाद' र 'कमल' जुन छ त्यो अमृतको सङ्केत हो ।

महान् सन्तहरूले यहाँसम्म भनेका छन् कि एक जीव आमाको गर्भमा पनि यी चार क्रियाहरूलाई जान्दछ । तर आमाको गर्भबाट बाहिर निस्किएपछि बिर्सन्छ । शिवाजी मराठाका गुरु समर्थ रामदास 'दास बोध' मा लेख्छन्, 'आमाको गर्भमा जब बच्चा हुन्छ उसलाई हजार बिच्छीहरूले टोके समान दुःख प्राप्त हुन्छ । उ त्राहि त्राहि गर्छ र भगवान्को प्रार्थना गर्छ हे ! भगवान् मलाई यस काल कोठरीबाट निकाल्नुहोस् ।'

अब त्यो शिशुको भित्र केही यस्ता विशेषता हुन्छन् जुन विशेषताहरूबाट तपाई र हामी सबै गुज्रिएका छौँ । बच्चालाई यदि अँध्यारो कोठामा राखिदियौ भने चिच्याएर रुन थाल्छ । तब आमा बत्ती जलाउँछिन् । प्रकाश भएपछि बच्चा आफूलाई सुरक्षित महसुस गर्छ । र त्यो प्रकाशलाई एक टक हेरिरहन्छ । यदि आमाको गर्भमा कुनै प्रकाश नदेखेको भए त्यो बच्चा प्रकाशसँग कसरी परिचित भयो ? तब तपाईँले मान्नु पर्नेछ कि आमाको गर्भ भित्र पनि  प्रकाशसँग उसको सम्पर्क भएको थियो ।

दोस्रो कुरा बच्चा यदि एकान्तमा रहे पनि रुन थाल्छ । तब आमा लोरी गएर सुनाउन थाल्छिन् । आजकल त गीत बजाएर पनि बच्चालाई चुप लगाउन सकिन्छ । बच्चा सङ्गीतसँग कसरी परिचित भयो यसको मतलब आमाको गर्भ भित्र उ सङ्गीत सुन्छ । यस्तो 'नाद' सुन्छ जुन नबजाईकन  बजी रहेको छ । उसले अनहद नादलाई आमाको गर्भमा सुनेको हुन्छ ।     

यसै प्रकार सन्तहरू एकमत छन् कि बच्चा आमाको गर्भमा अमृत पान पनि गर्छ । जसको सहारामा उ नौ महिनासम्म रहन्छ । साथै भगवान्को त्यो पवन 'नाम' को सुमिरण पनि आमाको गर्भमा गर्छ ।

भागवतको चार श्लोकलाई वा मन्दिरमा हुने चार क्रियालाई बच्चा आमाको गर्भमा गर्थ्यो । उसलाई यसको अनुभव प्राप्त हुन्छ । गर्भ बाहिर आएसँगै उसले बिस्तारै विस्मृति भएर बिर्सन्छ । त्यो अमृतलाई, प्रभुको त्यो आदि नाम, अद्भुत प्रकाश, त्यो दिव्य सङ्गीत जसको अनुभव उसले गर्भमा प्राप्त थियो । जुन नामको सुमिरणको कारण गर्भको पिडादायक अवस्थामा पनि उसले शान्तिलाई प्राप्त गर्‍यो, आनन्दको अनुभूति गर्‍यो।



नयाँ