arrow

अप्सरालाई सम्झाउने शुकदेव मुनि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
Pareekshit-sukdev.jpg

काठमाडौँ । अप्सरा रम्भाले शुकदेव मुनिलाई भन्छिन्, 'मनुष्य शरीर भोगहरूको लागि बनेको छ, यदि भोग न भोग्नु हो भने भगवानले यति भोगहरू किन बनाउने थिए ? नाक, कान, आँखा, आदि इन्द्रियहरू भोगहरू भोग्नको लागि नै त भगवानले दिएको हो ।'

तब शुकदेव मुनि भन्छन्, 'हे रम्भा! तिम्रो भनाई ठिकै हो । मैले अहिलेसम्म यस्तै सम्झिरहेको थिएँ कि मैले भोगहरूलाई भोगिरहेको छु, तर यो कुरा अब मैले बुझे मैले भोगहरूलाई होइन अपितु  भोगहरूले मलाई भोगिरह्यो। अब पनि मनुष्य शरीर पाएर भोगहरू नै भोगिरहेँ भने म र पशुमा अन्तर के रहने छ? मायाको भोगहरू भोग्नको लागि पशु-पक्षीहरूको योनि छन्, मनुष्य योनि त भगवान्को भजन गर्नलाई मिलेको छ।'

 शुकदेव मुनि भन्छन्,' सूर्य, चन्द्रमा र अग्निको प्रकाशले संसारको व्यवहार चल्छ । यस तीन चीजको उज्यालोमा सबै प्राणीहरू हिँड-डूल गर्छन्, आफ्नो काम गर्दछन् अनि यस तीन प्रकारको उज्यालोको ज्ञान मनुष्य, पशु-पक्षी सबैलाई छ, तर चौथो प्रकाश जसलाई भर्गो-ज्योति भनेको छ अनि सन्तहरूले जसलाई नूर, चान्दणा, डिवाईन लाइट, स्वयं प्रकाश, परम प्रकाश भनेका छन्, त्यसलाई केवल मात्र मनुष्यले देख्न सक्छ । त्यसलाई जान्नु अनि त्यसको ध्यान गर्नुको लागि भगवानले हामीलाई यो मनुष्य शरीर दिनुभएको छ। संसारमा सबै प्रकारमा मनुष्य छन्, तर जसले यो मनुष्य शरीरको महत्त्वलाई सम्झन्छ, उसैले यसबाट लाभ उठाऊँ छ। संसारमा कति ठुला-ठूला राजा, महाराजा, चक्रवर्ती सम्राट् भए, तर उनीहरू सबैले आफ्नो शरीर र साम्राज्यहरू यहीँ छोडेर गए । उनीहरूले आफ्नो मनुष्य शरीर केवल भोगहरूमा गुमाए।'

भगवान्को प्रकाश बाहिर-भित्र सर्वत्र व्यापक छ, तर देखिँदैन । जसरी हाम्रो शरीरमा आँखा, नाक, कान, मुख सबै इन्द्रियहरू छन्, तर देख्ने काम आँखाले मात्र गर्छ । उस्तै प्रकार परमात्माको प्रकाशलाई हृदयमा मात्र देख्न सकिन्छ। हाम्रो अगाडि सबै चीजहरू भएर पनि उज्यालो छैन भने कुनै चीजलाई देख्न सकिँदैन। आखिर त्यो चीजलाई केले ढाकेको हुन्छ? अँध्यारोले, तर अँध्यारो वास्तवमा कुनै चीज होइन । उज्यालोको अभाव नै अँध्यारो हो । उस्तै प्रकार ईश्वरको प्रकाश सबैमा भएर पनि अज्ञानको कारण देखिँदैन । जसरी अँध्यारोमा हामीले अनेक प्रकारको कठिनाइ सहनु पर्दछ, उस्तै प्रकार आज अज्ञानताको कारण संसारको मानव दुःखी छ।

हामी र भगवान्को बीचमा माया रूपी अन्धकार वा पर्दा छ, यस कारण भगवान् देखिँदैन । जसरी घाम भएर पनि बादलले ढाक्दा देखिँदैन, जब हावाको बेगले बादल हट्छ, तब घाम फेरि देखिन थाल्छ। उस्तै प्रकार जब सत्सङ्ग रूपी हावा चल्छ, तब अज्ञान रूपी बादल हट्छ अनि सर्वत्र सबै प्राणीमा एउटै ईश्वर देखिन थाल्छ । मनको सङ्कल्प र विकल्प   दूर भएपछि नै आत्मा रूपी सूर्यको दर्शन हुन्छ । यही मनुष्य जीवनको ध्येय हो, यही सुख-शान्तिको मूल तत्त्व हो।'

आज मानिसहरू भजन-भक्तिको बारेमा सोच्दैनन् यही कारण सुख पनि मिल्दैन । बस, सबैको एउटै धन कमाउने लालसा छ। भक्तिको सम्बन्ध जिब्रोसँग छैन, मनसँग छ। अनेक प्रकारको मन्त्रहरू जप्नाले मन कहीँ अडिँदैन, जब मन नै अडिँदैन, एकाग्र हुँदैन, विषयहरूकै चिन्तनमा लागिरहन्छ भने त्यो भक्ति कहाँ भयो ? शास्त्रहरूमा गुरुको महिमा गाउँदै भनेको छ गुरु बिन भव निधि तरे न कोही। हरि बिरंचि शंकर सम होई।।

गुरु बिना संसारको कल्याण हुँदैन, देशको उन्नति पनि हुँदैन, तर आज शास्त्रहरूको यस कुरालाई न सम्झेर आचार विचार हीन, ज्ञान-हीन मनुष्यको जीवन पशुहरूको जस्तो हुन गएको छ। आज संसारको मानव नै मानवको शत्रु बनेको छ। जबसम्म संसारका मानिसहरू गुरुको शरणमा  गएर सत्सङ्ग रूपी गङ्गामा गोता लगाउने छैनन्, तबसम्म मानव  कहिल्यै सुखी बन्न सक्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ